दुर्गम गाउँमा सुमनको राहत

Sumanकाठमाडौं । अभिनेता सुमन सिंहले नुवाकोटको दुर्गम गाविस पुगेर भूकम्पपीडितलाई राहत वितरण गरेका छन् । पाँच दर्जन बढी फिल्ममा आफ्नो अभिनय कौशल देखाइसकेका यी अभिनेताले दुई फिल्म खेलेबापत लिएको पारिश्रमिक भूकम्पपीडितका लागि खर्चिएको बताए ।
उनी, नृत्य निर्देशक दिनेश अधिकारीलगायत कलाकारका साथमा नुवाकोटको खरानीटार पुगेर पीतिडलाई राहत बाँडेका थिए । ‘झन्डै पाँच लाख बराबरको चामल, सयाँै थान ब्ल्यांकेट, त्रिपाल, लिएर पानी, नुन र विभिन्न प्रकारका दालमोठ आइटमसहित मेडिकल चेकअपको टोली लिएर हामी त्यहाँ पुगेका थियौँ,’ सुमनले भने, ‘त्यो ठाउँमा राहतको टोली राम्ररी नपुगेको भन्ने सुनेपछि साथीभाइ लिएर म आएँ ।’
उनले स्थानीयको स्वास्थ्यप्रति चासो पनि देखाएका थिए । उनको टोलीले खरानीटार गाविसका करिब तीन सय गाउँलेलाई राहत वितरण गरेको थियो । (सौस)

प्रतिक्रिया