टेनिस कोर्टमा सरसफाइ

dinesh-thap-magarकाठमाडौं, २७ वैशाख । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको लनटेनिस कोर्टमा भूकम्पका कारण क्षति पुगेको संरचनाको शनिबार सरसफाइ गरिएको छ ।

अखिल नेपाल लनटेनिस संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, सशस्त्र प्रहरीले मिलेर सरसफाइ गरेका हुन् । उक्त भूकम्पले टेनिस कोर्टको केही भाग चर्काउनुको साथै केही भाग पुरै लडाएको थियो । लनटेनिस संघका महासचिव मनोहरदास मुलले टेनिस कोर्टका साथै भत्केको पर्खालको सम्बद्ध सबै मिलेर पुनर्निर्माण गर्ने बताए ।
केही दिनअघि राखेपले पनि पर्खालमा बललाई छेक्न राखिएको जाली र त्यहाँ रहेको विद्युतीय तारलाई व्यवस्थापन गरिदिएको थियो ।

प्रतिक्रिया