लुम्बिनी अञ्चल अस्पतालमा जेठभित्रै आइसियू सुरु हुने

lumbini_hospital[1]बुटवल, २६ वैशाख । सय वर्ष पुरानो बुटवलमा रहेको लुम्बिनी अञ्चल अस्पतालले जेठ महिनाभित्रै आइसियू सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

लुम्बिनी अञ्चल अस्पतालमा करोडौं लगानीमा आइसियू सञ्चालनका लागि उपकरण आएको वर्षौंसम्म राजनीतिक खिचातानीका कारण आइसियू सेवा सञ्चालनमा आउन सकेको छैन । अहिले ती सामान काम नलाग्ने भएका छन् । अस्पताल विकास समितिले आइसियू सेवा सञ्चालनका लागि आवश्यक पर्ने उपकरणका लागि बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
आइसियू सञ्चालनका लागि पटकपटक अस्पतालले प्रतिबद्धता व्यक्त गरे पनि यसलाई अस्पतालले अझै कार्यान्वयन गर्न सकेको छैन ।
अहिले अस्पतालमा कायम रहेको सञ्चालक समिति र मेसुले जतिसक्दो चा“डो आइसियू कक्ष सञ्चालनका लागि पहल भइरहेको बताएका छन् । आगामी जेठभित्रै आइसियू कक्ष सञ्चालन हुने गरी काम भइरहेको मेसु तारानाथ पौडेलले जानकारी गराए ।
यसका साथै अस्पताललाई स्तरवृद्धि गरिने, उपचार सेवालाई प्रभावकारी बनाइने, चिकित्सको ड्यूटीलाई अझ बढी बिरामीमैत्री बनाइने, अस्पतालको आम्दानीका स्रोतको संरक्षण र विस्तार गरिनेलगायत योजना पनि बनाइएको अस्पताल विकास समितिले जनाएको छ । अस्पतालको स्वामित्वमा अहिले पनि ६ विघा जति जग्गा छ । विभिन्न ठाउ“मा बनाइएका पसले घर तथा सटरबाट पनि अस्पतालले भाडा उठाउदै आएको छ ।
सटरलाई टेन्डरमा लगेपछि अस्पतालको आम्दानी कैयौं गुणाले वृद्धि भएको छ । अहिले अस्पतालले वार्षिक ५ करोड बराबरको आम्दानी गर्दै आएको छ । आम्दानीलाई सही तरिकाले परिचालन गर्ने र माथिल्ला निकायबाट आउने सहयोगको पनि सही सदुपयोग हुने हो भने आगामी एक दशकभित्रै अञ्चल अस्पताल मुलुकको नमुना अस्पताल बन्ने निश्चित रहेको मेसु पौडेलले दाबी गरे ।
तैपनि, अस्पतालको स्वामित्वमा रहेको सबै जग्गाको सही संरक्षण हुन नसकेको, अनियमितता, मनपरी, मिलेमतोमा स्रोतको दुरुपयोग, राजनीतिक भागबन्डामा नियुक्ति तथा बढुवा हुनेलगायत गुनासा भने अस्पतालप्रति कायमै छन् ।
अस्पतालमा अहिले वार्षिक ५४ लाख जनसंख्या संलग्न रहेको मेसुको अनुमान छ । यति धेरै जनसंख्याले सेवा लिइरहेको अस्पताललाई स्तर वृद्धि गरी पा“च सय बेडको बनाइने, अपरेसन, प्रसूति कक्षलगायतलाई अझ बढी सुविधासम्पन्न बनाउने पनि अस्पतालको योजना छ ।
अञ्चल अस्पतालमा अहिले विभिन्न तह र क्षेत्रका गरी एक सय ५३ जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया