हल चलाउन आव्हान

Guna-Cinemaकाठमाडौं । गत वैशाख १२ गतेको महाभूकम्पका कारण बन्द भएका उपत्यकाका फिल्महल सञ्चालनमा ल्याउन सम्बद्ध संस्थाहरूले आह्वान गरेका छन् । नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघको संयुक्त कार्यदलको बैठकले हललाई सञ्चालनमा ल्याउन आग्रह गरेको हो ।
कार्यदलले विज्ञप्ति जारी गर्दै लामो समयसम्म फिल्म हलहरू बन्द हुन जाँदा फिल्म व्यवसायमा असर पर्न जाने भएकाले हललाई सञ्चालनमा ल्याउन आग्रह गरिएको छ । ‘फिल्म व्यवसायलाई पूर्ववत् रूपमा लैजान आवश्यक भएकाले सञ्चालन गर्न उपयुक्त फिल्म भवन क्रमशः सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा भनिएको छ । नेपाल चलचित्र संघको संयुक्त कार्यदलको संयोजकमा मधुसुदन प्रधान र सदस्यमा गोपालकाजी कायस्थ छन् भने नेपाल चलचित्र निर्माता संघको संयुक्त कार्यदल संयोजकमा केशव भट्टराई र सदस्यमा सुनिल मानन्धर रहेका छन् ।
भूकम्पका कारण उपत्यकाका अधिकांश हल चर्किएका छन् भने हलमा प्राविधिक समस्या पनि आएको छ । महाभूकम्प गएको समयमा प्रायः हलमा फिल्म ‘रेशम फिलिलि’ चलिरहेको थियो । (सौस)

प्रतिक्रिया