मुम्बई । फिल्म ‘पटेल की पञ्जाबी शादी’ मार्फत बलिउडमा डेब्यु गरेकी अभिनेत्री पायल घोषले नेपालका महाभूकम्पपीडितप्रति चासो देखाउँदै सहयोगका लागि फिल्मको च्यारिटी गरेकी छन् । दक्षिण भारतीय फिल्ममा स्थापित यी अभिनेत्रीले हालै मात्र विशाखापटनममा आयोजित शोमा उपस्थित भएर त्यहाँका दर्शकलाई पीडितलाई आर्थिक सहयोग गर्न आह्वान पनि गरिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार कार्यक्रममा पायलले आफुले खाद्यान्न तथा रुपैयाँ संघसंस्थामार्फत कलकत्ताबाट नेपाल पुग्ने गरी सहयोग गरेको बताएकी थिइन् । ‘यस्तो महाविपत्ति परेको बेलामा हामी सबैले नेपाललाई सहयोग गर्नुपर्दछ,’ पायलले कार्यक्रममा भनेकी थिइन्, ‘त्यसकारण हामी छिमेकीको सहयोगका लागि एकजुट बनौँ ।’ उनी अभिनित फिल्मको रिलिज डेट सार्वजनिक नभए पनि ट्रेलर चाहिँ जुलाईमा रिलिज हुँदैछ । (एजेन्सी)
प्रतिक्रिया