अपार्टमेन्ट र कोलोनी नै प्यारो

Hari-Banshaकाठमाडौं, २५ वैशाख । तीनदेखि चार तलासम्म घर भएका मानिस अहिले पनि महाभूकम्पपछि आइरहने पराकम्पनले राम्ररी सुत्न सकेका छैनन् ।

अधिकतम पाँच र न्यूनतम ३ रेक्टरसम्मको भूकम्पको पराकम्पन त्रासले ठूला–ठूला घरको वरपरका मानिस निकै त्रसित भई बसिरहेका छन् । विशेषतः अपार्टनमेन्ट र कोलोनी बनेका स्थान वरपरका मानिस यी भौतिक संरचना भत्किएर आफूलाई नै असर पार्लाकी भन्ने त्रासले ग्रस्त छन् ।

तर, यिनै अपार्टमेन्ट र कोलोनीमा बसिरहेका नेपाली कलाकारहरू भने महाभूकम्पपछि पनि कोही त्यहीँ बसिरहेका छन् भने कोही त्यहीँ बस्ने मनस्थिति बनाउँदैछन् ।

भक्तपुरको पेप्सिकोलास्थित सन सिटी अपार्टमेन्टको १६ औँ तलामा बस्दै आएका अभिनेता सुवास थापा केही दिन पुनः आफ्नो ब्लकमा बस्दै आएका छन् । ‘म बसेको ब्लकको भित्ता हल्का चर्किएको छ, सुरुमा त बस्न डर लागेको थियो, तर इञ्जिनियरले आएर हेरेर बस्न कुनै समस्या नहुने बताएपछि केही दिनदेखि पुनः बसोबास गर्न थालेका छौँ,’ श्रीमती र दुई सन्तानसँग बस्दै आएका थापाले भने, ‘भूकम्प आएको चार/पाँच दिनचाहिँ अपार्टमेन्टकै तल रहेको अर्को भवनमा बस्यौँ । अन्य अपार्टमेन्ट हेरिकन यहाँ निकै सुरक्षित छ, मान्छेहरू अर्पाटमेन्टमा बस्न डराउँदा रहेछन्, तर त्यत्रो भूकम्प आउँदा पनि हामीलाई केही क्षति भएको छैन । सम्भवतः हामी बसेको अपार्टमेन्टको जग पनि निर्माणको बेला निकै बलियो बनाएकाले पनि केही असर परेको छैन ।’ डेढ वर्षदेखि त्यहाँ बस्दै आएका सुवासले आगामी दुई हप्तापछि प्राविधिकहरू आएर अपार्टमेन्टको ‘मेन्टिनेन्स’ गर्ने जनाए ।

ललितपुरको बालकुमारीस्थित वेष्टर अपार्टनेमन्टमा दुई वर्षदेखि बस्दै आएकी अभिनेत्री नीता ढुंगाना पनि भूकम्पको त्रास साम्य भएपछि त्यही फर्कने सोचमा छिन् । ‘म अहिले त बाहिर बसिरहेको छु, म बसेको अपार्टमेन्ट चर्किएको छ भन्ने सुनेको छु, तर मेरो कोठामा केही क्षति भएको छैन,’ अपार्टमेन्टको तेस्रो तलामा बस्ने उनले भनिन्, ‘हाम्रो अपार्टमेन्टको स्ट्रक्चर बलियो पनि रहेछ, त्यसकारण ठूलो क्षति भएन, कोठाका सामानमा पनि कुनै क्षति पुगेको छैन । म अहिले नै बस्न सक्थेँ, तर मन डराएर बस्न सकेको छैन ।’ उनका अनुसार त्यहाँ इञ्जिनियर तथा अर्पाटमेन्टसँग सम्बन्धित व्यक्तिहरूसँग बसेर निरन्तर छलफल भइरहेको छ र अपार्टमेन्टको मर्मतको कामका बारेमा पनि कुराकानी भइरहेको छ ।Rekha-Thapa-z

गत वैशाख १२ गते महाभूकम्प आइरहँदा अभिनेत्री रेखा थापा मित्रपार्कमा रहेको अम्बे अपार्टमेन्टमा थिइन् । अपार्टमेन्टको सातौं तलामा बस्ने उनी भूकम्पको बेला जसो तसो बाहिर निस्किए पनि अहिलेसम्म त्यहाँ बस्न सकेकी छैनन् । उनी आमासँगै बौद्धस्थित घरमा बसिरहेकी छन् । ‘भूकम्प आएपछि म अपार्टमेन्टमा बसेको छैन,’ उनले भनिन्, ‘अहिले तुरुन्तै त्यहाँ बस्ने कुनै सोच बनाएको छैन, अब त्यहाँको अपार्टमेन्टको अवस्था के–कस्तो छ, त्यो बुझेर मात्र त्यहाँ बस्नेछु ।’

अमेरिकाको न्यूयोर्कमा भूइँचालो आए पनि क्षति पुग्ने जनाउँदै हरिवंशले कसैलाई पनि नआत्तिन आग्रह गरेका छन् ।

अम्बे अपार्टमेन्टका निर्माणकर्तामध्येका एक कलाकार निर्मल शर्माले अपार्टमेन्टमा ठूलो क्षति नभएको बताए । ‘प्लास्टरहरू केही मात्रामा उप्किएका छन्, अन्य त्यस्तो ठूलो क्षति भएको छैन,’ उनले भने, ‘केही दिनअघि इञ्जिनियर र इन्स्युरेन्सको टोली आएर निरीक्षण गरेर गइसकेको छ । त्यस्तो आत्तिनुपर्ने अवस्था नरहेको उनीहरूले भनेका छन् ।’ निर्मलका अनुसार उक्त अपार्टमेन्टमा रेखाबाहेक फिल्म वितरक उज्ज्वल पौड्याल पनि बस्छन् ।

भक्तपुरको बालकोटस्थित रोज भिलेज कोलोनीमा बस्दै आएका चर्चित हाँस्य कलाकार हरिवंश आचार्य अहिले आफन्तकहाँ बस्दै आए पनि केही समयपछि कोलोनीमै फर्किने योजनामा छन् ।

‘कोलोनीको संरचनामा खासै केही भएको छैन, इञ्जिनियरहरूले पहेलो रङ दिएका छन्, गाह्रो चर्किएकाले त्यो बनाउन लागेका छौँ,’ कोलोनी र अपार्टमेन्ट भन्नासाथ तर्सिनेप्रति लक्षित गर्दै उनले भने, ‘त्यत्रो प्रलय हुँदा कुनै अपार्टमेन्ट र कोलोनीका एकजना मान्छे कोही मरे त ।’ अमेरिकाको न्यूयोर्कमा भूइँचालो आए पनि क्षति पुग्ने जनाउँदै हरिवंशले कसैलाई पनि नआत्तिन आग्रह गरेका छन् ।Neeta

प्रतिक्रिया