‘श्रेष्ठको निधनले बालाजु करातेलाई अपुरणीय क्षति’

dhurba_malla[1]काठमाडौं, २४ वैशाख । धु्रवविक्रम मल्ल बालाजु कराते डो एकेडेमीका सस्ंथापक एवं मुख्य प्रशिक्षकसमेत हुन् । स्थायी घर धादिङ जिल्ला सल्यानकोट गाविस भएका मल्लको घर पनि २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले छाडेन । यद्यपि, मानवीय क्षति भने केही पनि हुन पाएन ।

नेपाली खेलकुदमा धु्रवविक्रम मल्ल सफल प्रशिक्षकको रूपमा चिनिन्छन् । उनै मल्लले प्रशिक्षण गराएकी विमला तामाङले १७ औँ इन्चोन एसियाडमा कराते विधामा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी थिइन् । विनाशकारी भूकम्पले उनको घर पूरै भत्किएको र मानवीय क्षति भने केही पनि नभए तापनि पशु चौपाया घर र गोठले किचिएर मरेको उनले बताए । ‘घर पूरै विनाश भएको छ । भत्किएर केही पनि बाँकी छैन, मानवीय क्षति भने हुन पाएन ।’ उनले भने,‘विकट ठाँउमा भएकाले राहत सामग्री पाएको छैन ।’
धादिङ सल्यानकोटको स्थायी घर विनाशकारी भूकम्पले ध्वस्त भएपनि काठमाडौंस्थित बालाजुमा रहेको बालाजु कराते डो एकेडेमीमा भने विनाशकारी भूकम्पले सामान्य क्षति पु¥याएको उनले बताए । ‘अझै पनि भुकम्पको ध्रुवविक्रम मल्ल पराकम्पन आउने क्रम जारी रहेकाले प्रशिक्षण गराउन अझै सकिएको छैन । उनले भने, ‘अहिले जनजीवन केही सामान्य बन्दै गए पनि अझै पनि भूकम्पको त्रासले एकेडेमीमा प्रशिक्षण गर्न विद्यार्थी आउन सकिरहेको छैनन’ । उनले गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी व्यास नगरपालिका वडा नम्बर– १ तनहँु स्थायी घर भएका तथा एकेडेमीका ब्ल्याक बेल्ट चन्द्रकुमार श्रेष्ठको निधन भएको बताए ।
‘चन्द्रकुमार श्रेष्ठको निधनले बालाजु कराते डो एकेडेमी निकै मर्माहत भएको छ । उनले भने,‘उनी निकै कुशल र मिहेनती खेलाडी हो । अहिले देशले एक कुशल तथा महत्वपूर्ण खेलाडी गुमाएको छ ।
विनाशकारी भूकम्पपीडित बनेकालाई प्रशिक्षक मल्लले सुरुआती दिनदेखि नै राहत वितरण गर्दै आइरहेका छन् । उनको नेतृत्वमा रहेको टोलीले काठमाडौंलगायत धादिङ जिल्लाका भूकम्पपीडितको घाउमा मल्हम लगाउने कार्य गरिरहेको छ । मल्लले जिल्लाका दुई गाविस (सल्याकोट र आइचो) बाहेकका विकट मानिने लेकलेक क्षेत्रतिर हवाई जहाजमार्फत र बस पुग्न सक्ने ठाउँमा बसकै माध्यमबाट राहत सामग्री वितरण गरिरहेको पनि जानकारी गराए । ‘देश अहिले शोकमा छ । यसैमा केही मल्हम लगाउने हाम्रो यो सानो प्रयास हो । अझै पनि यसले पुग्दैन ।’
विनाशकारी भूकम्पले धादिङका दुई गाविस सल्यानकोट र आइचो गाविस बढी प्रभावित भएको छ । अहिले दुई गाविसका लागि चाहिने आवश्यक राहत संकलनको कार्य भइरहेको छ । दुई गाविसलाई पुग्ने आवश्यक राहत संकलनका कार्य पूरा भएपछि प्रभावित त्यस ठाउँमा चाँडै नै राहत वितरणका लागि जाने योजना रहेको उनले बताए । उनले दुई गाविसको लागि ६० हजार किलोग्राम चामल, नुन, तेल, चिनीलगायत चाहिने आवश्यक राहत सामग्री संकलनको कार्य तीव्र रूपमा भइरहेको थपे ।
दुई गाविसलाई पुग्ने सबै राहत संकलनका कार्य सकिनेबित्तिकै पीडित परिवारलाई नेपाल सरकार र जिल्ला प्रशासन कार्यलय धादिङसँग मिलेर राहत वितरण गर्नेछौँ । उनले दुई गाविसको लागि भनेर लगिने भए पनि जिल्लाको कुन क्षेत्रमा राहत कम भएको छ । जिल्ला प्रशासन कार्यलय धादिङको समन्वयमा राहत सामग्री लैजाने उनले बताए ।

प्रतिक्रिया