काठमाडौं । वैशाख १२ गते गएको ७.६ रेक्टर स्केलको विनाशकारी महाभूकम्पमा परी ज्यान गुमाउनेप्रति नेपाल आइस हक्की संघ समवेदना प्रकट गरेको छ । संघले बुधबार विज्ञप्ति जारी गरी घाइतेकोे शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
विनाशकारी भूकम्पमा परी नेपाल खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाका अध्यक्ष गोरखापत्र दैनिकमा कार्यरत युवा खेलकुद पत्रकार सुमन भोम्जनको निधनले नेपाली खेलकुद मर्माहत तुल्याएको विज्ञप्तिमा उल्लेख छ । संघले भोम्जनको परिवारलाई राहत स्वरूप १० हजार रूपैयाँ प्रदान गर्ने भएको छ ।
यसैगरी, स्पोट्र्स फर अल क्लबले पनि विज्ञप्ति जारी गर्दै दिवंगतप्रति समवेदना व्यक्त गरेको छ । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । सो क्लबले पनि भोम्जनको परिवारलाई राहत स्वरूप १० हजार रूपैयाँ प्रदान गर्ने भएको छ । (सौस)
प्रतिक्रिया