कोरियाली कलाकारको सहयोग

IUकाठमाडौं । तीन कोरियाली कलाकारले नेपालका महाभूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । अभिनेता ली मिन हो, अभिनेता सङ गुक र अभिनेत्री आइयुले जनही ९२ हजार अमेरिकी डलर स्थानीय ग्रीन अम्ब्रेला चिल्ड्रेन फाउन्डेसनमार्फत नेपाल आउने गरी सहयोग गरेका हुन् ।
फिल्म ‘प्रोड्युसर’मा भूकम्पबाट घरविहीन बनेकी युवतीको भूमिकामा देखिन लागेकी उनले विशेषत नेपालका बालबालिकालाई लक्षित गरेर सहयोग गरेको बताएकी छन् । ‘आफ्ना बाबुआमासँग कतै पनि जान नसक्ने बालबालिकाबारे मैले सुनेकी छु,’ संस्थाका अध्यक्ष ली जी होनलाई रकम हस्तान्तरण गरेपछि भनिन्,‘म उनीहरूका लागि केही काम गर्न चाहन्छु ।’
त्यस्तै अभिनेता गुकले पनि विशेषतः भूकम्पपीडित बालबालिकालाई सहयोग गर्न आपूmले रकम प्रदान गरेको बताए । ‘म एक पिता पनि हुँ, त्यसकारण म नेपालका भूकम्पपीडित गरिब बालबालिकालाई सहयोग गर्न चाहन्छु र यो केही रकम कोरियाका बिरामी बालबालिकामा पनि खर्च होस् भन्ने चाहना हा,’ उनले भने ।
फिल्म ‘गंगनम ब्लुज’मा पछिल्लोपटक देखिएका अभिनेता लीले युनिसेफमार्फत ९२ हजार अमेरिकी डलर भूकम्पपीडित बालबालिकाका लागि सहयोग गरेका छन् । उनले आफ्नो फ्यान क्लब मिनोजको नाममा पैसा सहयोग गरेका हुन् । (सौस)

प्रतिक्रिया