संघले दुई लाख ११ हजार जुटायो

Nakimकाठमाडौं । महाभूकम्पपीडितको सहयोगार्थ नेपाल चलचित्र संघले दुई लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । संघको बुधबार बसेको कार्य समिति बैठकले उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा राख्ने निर्णय गरेको हो ।
संघ अध्यक्ष नकिम उद्दिनद्वारा जारी विज्ञप्तिमा भूकम्प प्रभावित भएका फिल्म हलहरूको क्षतिबारे अध्ययन गर्न अध्यक्ष, महासचिव र कोषाध्यक्ष सम्मिलित तीन सदसीय कार्यदल गठन गरिएको उल्लेख छ । विज्ञप्ति अनुसार कार्यदलले इन्जिनियरसँग मिलेर फिल्म हलहरूको निरीक्षण गर्नेछ ।
बैठकले फिल्म हलका संचालक तथा कर्मचारीको मानवीय तथा भौतिक क्षतिको विवरण लिएर सम्बन्धित निकायमा सहयोगका लागि पहल गर्ने र संघले पनि सहयोग गर्ने निर्णय गरेको छ । महाभूकम्पका कारण उपत्यकाका अधिकांश हलमा क्षति पुगेको छ । (सौस)

प्रतिक्रिया