स्वास्थ्य परामर्श शिविर

धनकुटा । धनकुटा मोडल हस्पिटलले बुधबार स्थानीय जिरोप्वाइन्ट टोलबस्तीमा स्वास्थ्य परामर्श शिविर सञ्चालन गरेको छ । टोलबासीलाई उपचारमा सहज होस भन्ने उद्देश्यले गरिएको शिविरमा स्थानीय ६४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो ।
टोलबस्ती संगठनका अध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय ८३ वर्षीय भोलासेर राईलाई निःशुल्कताको सहुलियत कार्ड प्रदान गरेर परामर्श सेवाको शुरुआत गरेका थिए । जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायतलाई अस्पतालसम्म पुग्न कठिनाई हुने भएकाले प्रत्येक टोलटोलमा परामर्श सेवाका लागि शिविर सञ्चालन थालिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।
शिविरमा आएका जेष्ठ नागरिक, बालबालिका, महिला अपांगता भएका व्यक्तिलगायतले टोलमै स्वास्थ्य परामर्श सेवा पाएकोमा खुसी व्यक्त गरे । शिविरमा ३२ जना जेष्ठ नागरिक र मजदुरलाई निःशुल्क स्वास्थ्य सेवाका लागि सहुलियत कार्ड पनि वितरण गरिएको थियो । (सौस)

प्रतिक्रिया