किरात खेलकुद संघको अभियानमा धेरैको साथ

prakah_rai[1]काठमाडौं, २३ वैशाख । किरात खेलकुद संघ १२ वैशाखमा आएको भूकम्पबाट पिडित परिवारलाई राहत वितरणमा व्यस्त रहेको छ । उनीहरूको अभियानमा अन्य थुप्रै सहयोगी हातको साथ रहेको छ । सुरुमा राधा राईको सहयोग रहेको अभियानमा सिर्जना मोक्तानले सहयोग गरिन् ।

अमेरिकामा बसोबास गरिरहेका पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस गोर्खा एकडेमी बाँसबारीका संस्थापक प्रकाश राई र नैनाकला राईले गरेको सहयोगलाई पनि किरात खेलकुद संघले सिन्धुपाल्चोक पु¥यायो । किरात खेलकुद संघको यो अभियानमा किरात राई पत्रकार समूह पनि सक्रिय रह्यो ।
त्यसको लगत्तै क्याम्ब्रिज पब्लिक हाइस्कुलका प्रिन्सिपल रीता राईबाट प्राप्त सामान एक सय ५० बोरा चामलको साथमा लत्ताकपडा र चाउचाउ लिएर किरात खेलकुद संघ सिन्धुपाल्चोक भीमटारको दनुवार बस्तीमा पुग्यो ।
किरात खेलकुद संघको यो अभियानमा अध्यक्ष महेन्द्र राईले नेतृत्व गरिरहेका छन् भने उपाध्यक्ष योगेश चाम्लिङ राई, राहुल राई, गणेश राई र एनिका राई पनि सक्रिय रूपमा समावेश भए । अर्जुनभक्त राई पनि १२ वैशाखदेखि भूकम्प पीडितको उद्धारमा त्यत्तिकै सक्रिय रहे ।

प्रतिक्रिया