काठमाडौं । गत वैशाख १२ गते गएको महाभूकम्पबाट नेपाली फिल्म क्षेत्रमा कार्यरत ९७ जना प्राविधिकहरूको घरमा क्षति पुगेको छ । नेपाल चलचित्र प्राविधिक संघले जनाएअनुसार अधिकांशका घर चर्किएका छन् भने केहीका घर पूर्ण रूपमा भत्किएका छन् ।
संघले दिएको तथ्यांकअनुसार लाइटमेनतर्फ नुवाकोटका महेन्द्र लामा, रेशम लामा, चन्द्र लामा, श्याम लामा, पेमा तामाङ, जीवन तामाङ, दीपेन्द्र थापालिगा, हेमन्त तामाङ र भरत नेपालको घर भत्किएको छ । यो जिल्लाबाहेक दोलखाका तीर्थ लामा, केशवबहादुर भुजेल, सिन्धुलीका पाल दोर्जे शेर्पा, रुबन अधिकारी, पनौतीका गोकुल हुमागार्इं, सुरेश थापा, रामप्रसाद हुमागाईं, शिवप्रसाद चौलागाईं, अर्जुन तिमल्सिना, काभ्रेका रामहरि पराजुली, देवचन्द्र श्रेष्ठ, कृष्ण वाइवा, नारायण उप्रेती, सल्यानका मित्रनाथ योगी, मकवानपुरका लालसिंह थोकर (रोनाल्डो), रामेछापका कृष्णबहादुर तामाङ, सिन्धुपाल्चोकका हरिबहादुर श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ, टौदहका ईश्वर नगरकोटी, भक्तपुरका सकुल बस्नेत, गोविन्द थापा र कीर्तिपुरका प्रितम महर्जनको घर भूइँचालोका कारण भत्किएका छन् ।
घर भत्किने सूचीमा सम्पादकतर्फ बन्दिपुरका तारा थापा किम्भे, स्वयम्भूका सजन श्रेष्ठ र ललितपुर पाटनका लोकेश बज्राचार्य छन् भने मेकअपतर्फ नुवाकोटका रेशम लामा, बुद्धि लामा, रोशन लामा, विनोद लामा, इन्द्र लामा, पुष्पन लामा, श्याम लामा, सरोज पाण्डे काठमाडौंका विक्रम थापा, सिन्धुपाल्चोकका शंकर थापा, ईश्वरलाल श्रेष्ठ, भक्तपुरका केशव तमाखु, विश्वराम केसी र नुवाकोटका शमशेर लामा पनि सूचीमा परेका छन् । क्यामेरामेनतर्फ काभ्रेका कृष्णबहादुर श्रेष्ठ, गणेशकुमार श्रेष्ठ, हरि हुमागाईं, रामेश्वर हुमागार्इं, रामशरण उप्रेती र सञ्जय लोप्चनका घर भत्किएका छन् भने काठमाडौंका विनोदकुमार कार्की, भक्तपुरका शिव ढकालको घर चर्किएको छ ।
सहायक क्यामेरामेनतर्फ काभ्रेका विष्णुप्रसाद तिमल्सिना, रामप्रसाद तिमल्सिना र गौतम खरेल तथा नुवाकोटका रविन्द्र न्यौपानेको घर भत्किएको छ भने सिन्धुलीका शंकल भुजेल, भक्तपुरका विशाल प्रजापतिको घर चर्किएको छ । यसैगरी किचनतर्फ नुवाकोटका होम लामा, प्रेम लामा, प्रदीप लामा, हषिका लामा, रमेश लामा, कामी थापा तामाङ, हेटौंडाका हेमकुमार शाही र काभ्रेका धनबहादुर शर्माको घर बस्न नहुने भएका छन् ।
स्पोट ब्वाइतर्फ पनौतीका राजु फुँयाल र नुवाकोटका पवन लामा तथा केदार सापकोटाको घर पनि भूकम्पको नराम्रो मारमा परेका छन् । ड्रेसतर्फ भने मेलम्चीका भीमलाल श्रेष्ठको घर मात्र भत्किएको छ । प्रोडक्सन मेनेजरतर्फ गोरखाका दीलिप पन्त, नुवाकोटका श्रीकृष्ण ढुंगाना, सिन्धुपाल्चोकका नविन पुरी र रामेछापका अनन्त तिमल्सिनाका घर भत्किएका छन् । हेयर ड्रेसरतर्फ भक्तपुरका मधुराज भण्डारी, फर्पिङकी रिता बलामी, ओखलढुंगाकी डोमा शेर्पा र रामेछापकी देवकी मगरको घरमा पनि भूकम्पले क्षति पु¥याएको छ । सहायक निर्देशक सिंगे लामाको भने रसुवाको घर चर्किएको छ ।
संघले दिएको सूचीअनुसार साउन्ड रेकर्डिष्टतर्फ काभ्रेका माधव थपलिया, ओखलढुंगाका गोविन्द खड्का र काठमाडौंका गणेशबहादुर रायमाझीको घर भत्किएको छ ।
संघका महासचिव अनन्त तिमल्सिनाका अनुसार सिन्धुपाल्चोक घर भएका एक डे«समेनले परिवारका तीनजना सदस्य गुमाएका छन् भने भूकम्पकै चपेटामा परी छायाकार गणेशप्रसाद श्रेष्ठका दाजुको निधन भएको छ । उनले नुवाकोटको त्रिशुलीमा बस्ने प्राविधिकहरू सबैभन्दा बढी प्रभावित भएको बताए ।
महासचिव तिमल्सिनाले प्राविधिकहरूलाई राहत दिनका लागि संघले पहल गरिरहेको बताए । ‘प्राविधिक भनेको कलाकारदेखि फिल्ममा काम गर्ने सबैका हुन्, त्यसकारण हामीले अहिले कलाकारहरूसँग पनि उनीहरूलाई सहयोग गर्नुप¥यो भन्ने विषयमा कुराकानी भइरहेको छ,’ तिमल्सिनाले भने, ‘उहाँहरू सकारात्मक हुनुहुन्छ, कलाकारहरू राहत वितरणको काममा व्यस्त भइरहनु भएकाले फुर्सद हुनासाथ अझ विस्तृत रूपमा छलफल गर्नेछौं ।’ तिमल्सिनाका अनुसार राहतस्वरूप सामान्य रकम दिँदा पनि १९ लाख ४० हजार रुपैयाँ लागत लाग्छ भने क्षतिअनुसारको राहत रकम दिँदा झन्डै २५ देखि ३० लाख रुपैयाँसम्म लागत लाग्नेछ ।
प्रतिक्रिया