काठमाडौं । शनिबार आएको महाभूकम्पमा परेका भूकम्पपीडितलाई सितोरियो करातेका पूर्व खेलाडी आरके पहाडी श्रेष्ठले पूर्व घोषणा अनुरूप काभे्रका भूकम्पपीडितका लागि एक लाख बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् ।
समाजसेवीसमेत रहेका आरके हाल कोरियामा रहेकाले उनकी धर्मपत्नी शारदा प्रजापती तथा दुई छोरी सिमरन र स्वस्थीका श्रेष्ठले काभ्रेका कुल ६० घरका लागि चामल र दाललगायत खाद्यान्न प्रदान गरे ।
उनको गृह जिल्लासमेत रहेको काभ्रेका ५० घरका लागि प्रत्येकलाई ३० किलोको एक बोरा चामल र दुई किलो दाल बाढ्ने भएका छन् ।
उनी ०५० सालदेखि ०५७ सालसम्म नेपालमा करातेका राम्रो खेलाडीको रूपमा सबै माझ परिचित थिए । ( सौस)
प्रतिक्रिया