मोहन र खेम अस्ट्रेलियाको च्याम्पियनसिपमा

mohan_khem[1]काठमाडौं, २२ वैशाख । नेपालका मोहन बम र खेम अस्ट्रेलियाको राष्ट्रिय च्याम्पियनसिप जुडो प्रतियोगिताका लागि छनोट भएका छन् । ३ मेमा अस्ट्रेलियाको भिक्टोरियामा भएको खेलमा मोहनले दुई बाउटमा दुवै वटामा जित हात पारेका थिए । किया ओ डानोभानसँग इप्पोनको आधारमा जित हात पारेका बमले म्याथ्यु जोन्ससँग पनि इप्पोनको आधारमा जित हात पारे ।

स्याम प्याट्रिकसँग पहिलो बाउट हारेका खेमले सिमोन हर्गानसँगको दोस्रो बाउटमा जित हात पारे । तेस्रो बाउटमा वाक ओभर पाएका खेमले चौथो बाउटमा साम फरिंगटनसँग हारको सामना गरे । उनीहरूले नागेल ओ कातामा पनि सहभागिता जनाउने भएका छन् । यसैगरी, एडमन्ड युरेसँग मिलेर अर्को कातामा पनि सहभागिता जनाउने छन् । सन् २०१४ मा मोहनले युरेसँग मिलेर कातामा स्वर्ण पदक जितेका थिए । यी जोडीले ओसियाना काता च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए । मोहन अलस्वाड टिममा रहेर पनि प्रशिक्षण गरिरहेका छन् । उनीहरू दुवैले राष्ट्रिय खेलका लागि भिक्टोरिया प्रान्तको प्रतिनिधित्व गरिरहेका छन् ।

प्रतिक्रिया