काठमाडौं, २२ वैशाख । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले गोर्खाको घेरुङ–८ स्थित खगीका भूकम्प पीडितलाई सोमबार राहत सामग्री वितरण गरेको छ । त्यस क्षेत्रमा ६१ घर रहेकोमा सम्पूर्ण घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएको र दुई जनाको निधन भएको महासंघका उपाध्यक्ष अन्जन धमलाले गोर्खाबाट जानकारी गराए ।
त्यस क्षेत्रका प्रत्येक घरका परिवारलाई ३० केजी बराबरको एक बोरा चामल, पाँच केजी चिउरा, एक कार्टुन चाउचाउ र १/१ थान त्रिपाल वितरण गरिएको धमलाले जनाएका छन् ।
‘हामीले आफ्ना विभिन्न जिल्ला संघमा राहत संकलन गर्न भनेका छौँ । राहत सामग्री संकलन भएपछि हामी सिन्धुपाल्चोक र नुवाकोटमा पनि राहत वितरण गर्न जान्छौँ ।’ उपाध्यक्ष
धमलाले बताए ।
प्रतिक्रिया