‘हामी नेपालीसँगै छौँ’

madrid-picएजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले गत १२ गते शनिबार नेपालमा गएको भूकम्पमा परेकाहरू प्रति समवेदना प्रकट गरेसँगै अर्को स्टार क्लब रियल म्याड्रिडले पनि भूकम्पपीडितहरू प्रति समवेदना प्रकट गरेको छ ।

विश्वको स्टार क्लब म्याड्रिडले महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झना र शोक प्रकट गरेको छ । रियल म्याड्रिडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित अन्य खेलाडीले ‘सो टिसर्ट’ लगाएर घरेलु मैदानमा भूकम्पमा परेर मृत्यु हुनेहरूको सम्झनामा मौनधारण गरेका थिए । एक मिनेट मौनधारण गरेको रियल म्याड्रिडको स्क्रिनमा युनाइटेड विथ नेपाली लेखिएको थियो । जसमा उनीहरूले लगाएको टिसर्टमा ‘तोदोस् कोन नेपाल’ जसको अर्थ हो ‘हामी सबै नेपालीसँगै छौँ’ भन्ने हुन्छ ।
अल्मेरियासँगको खेलअघि रियलले आपूहरूले सम्पूर्ण नेपालीको साथमा रहेको बताएको थियो । उनीहरूले मौनधारण गरिरहँदा फुटबल हेर्न उपस्थित फुटबलका सबै दर्शकले उभिएर उनीहरूलाई साथ दिएका थिए । यसअघि पनि स्पेनिस ला लिगा खेलिरहेको बार्सिलोनालगायतका अन्य क्लबहरूले पनि नेपालमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गरेका थिए । विश्वका चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले शनिबार गएको विनासकारी भूकम्पबाट पीडित भएकालाई सहयोग गर्न आह्वान गरेका छन् ।
यसअघि नै रियलका स्टार खेलाडी रोनाल्डोले सामाजिक सञ्जाल आफ्नो फेसबुकमार्पmत नेपालका भूकम्प पीडित तथा बालबालिकालाई सहयोग गर्न अन्तर्राष्ट्रीय समुदायलाई आग्रह गरेका थिए । साथै रोनाल्डोले फेसबुकमार्पत भूकम्पपीडित नेपाली बालबालिकालाई राहत आवश्यक रहेकोले सेभ द चिल्ड्रेनमार्पत सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया