काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोलरक्षक उपेन्द्रमान सिहं भूकम्पपीडितलाई उद्धार तथा सहयोगका लागि खटिएका छन् ।
नेपाली फुटबलका सर्वकालीन उत्कृष्ट गोलरक्षक उपेन्द्रमान नेपाल आर्मीलगायत टिमसँग उपत्यका र उपत्यकका बाहिरका केही जिल्लामा सिन्धुपाल्चोक र काभ्रेलगायत क्षेत्रमा भूकम्पपीडितको उद्धार तथा उनीहरूलाई राहत वितरण गरे ।
मध्यपुर युथ एसोसियसन, मध्यपुर नगरपालिका र नेपाल आर्मीको सहयोगमा उनले भक्तपुर क्षेत्रका १०० जना भूकम्पीडितका लागि खाद्यान्नलागायत सामग्री हस्तान्तरण गरे ।
उनी नेपाल आर्मीलगायत सुरक्षा टोलीसँग भूकम्पबाट प्रभावित केही क्षेत्रमा उद्धारका लागि समेत खटिए । त्यसलगत्तै उनले आफ्ना केही आफन्तको सहयोगमा सिन्धुपाल्चाोकको एउटा वडामा टेन्टलगायत सामग्री सहयोग गरे ।
बास्केटबल महिला राष्ट्रिय खेलाडी लुनिभा सिहं, नेपाल आर्मीको सहयोगमा उनी मध्यपुर ठिमीका भूकम्पपीडितका लागि खानेपानी वितरणमा लागिपरे । उनले करिब एक गाडी पानीका बोत्तल वितरण गरे । (सौस)
प्रतिक्रिया