काठमाडौं । ‘भूकम्पको विपत्मा नेपाली ललितकलाकर्मीको हातेमालो अभियान, २०७२’ को आयोजनामा शनिबार भएको भेलाले भूकम्पपीडितको राहतका लागि ५५ हजार पाँच सय रगत संकलन गरेको छ ।
अभियानले ध्वस्त भएका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि सबै सचेत हुनुपर्ने जनाउँदै सरकार र नागरिक समाजसँग त्यसको पहलका लागि आग्रह गरेको अभियानका संयोजक शान्तकुमार राईले बताए ।
अभियानले भूकम्पबाट घाइते भएकाहरूका लागि आइतबार पनि रक्तदान गरेको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्वप्राज्ञ राईको संयोजकत्वमा ५८ सदस्यीय अभियान गठन गरिएको हो । (सौस)
प्रतिक्रिया