काठमाडौं, २० वैशाख । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए)ले करिब एक लाख २६ हजार गर्भवतीका भूकम्पबाट प्रभावित भएको अनुमान गरेको छ ।
युएनएफपिएले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा झन्डै एक लाख २६ हजार गर्भवती प्रभावित भएको र २० लाख प्रजनन उमेरका किशोरी भूकम्पबाट प्रभावित भएको उल्लेख छ ।
भूकम्पजस्ता प्राकृतिक प्रकोपका सन्दर्भमा महिला र किशोरी सबैभन्दा बढी कमजोर जनसङ्ख्या हुन् । प्राकृतिक प्रकोपका समयमा गर्भधारणसम्बद्ध मृत्यु र महिला हिंसा बढ्छन् ।
अधिकांश महिलाले अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाको पहँुच गुमाएका हुन्छन् ।
सुरक्षित सुत्केरी सेवा तथा जीवन रक्षाको हेरचाह सुविधाबिना नै बच्चा जन्माउने गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया