राहत नपुगेकोमा कलाकारको विरोध

mohanकाठमाडौं । भूकम्प पीडितहरू भएको स्थानमा राहत नपुगेको भन्दै माउन्ट फायर थिएटर ग्रुपले राजधानीको पुतलीसडक चोकमा शनिबार सांकेतिक विरोध प्रदर्शन गरेको छ । प्लेकार्डसहित गरिएको प्रदर्शन करिब डेढ घन्टासम्म चलेको थियो ।
ग्रुपका अध्यक्ष सुरज अधिकारीका अनुसार राहतको नाममा भारतीय चलखेल, विमानस्थलमा भारतीय वायुसेनाबाट भएको अवरोधलगायतका विरोधमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा थिएटर ग्रुपका अध्यक्ष सुरज अधिकारी, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक सुभाष गजुरेल, निर्देशक विश्वदीप घिमिरे कलाकारहरू अनल खड्का, प्रकाशबाबु केसी, कुमार सिंखडा, आदर्श घिमिरे सञ्चारकर्मीहरू डिपी शाह ‘चक्रवर्ती’, नवराज न्यौपाने, मोहन पन्तलगायतको उपस्थिति रहेको थियो । (सौस)

प्रतिक्रिया