मुम्बई । नेपालका महाभूकम्पपीडित सहयोगार्थ बलिउडका सेलिब्रेटीहरू करण जोहार, रणवीर कपुर, अनुष्का शर्मा र प्रीति जिन्टाले सञ्चार उद्यम स्टार इन्डिया र एनजिओ केयर इन्डियासँग सहकार्य गर्दै ‘एक पडोसी ही पडोसी के काम आता है’ अभियानको देशव्यापी अभियान सुरु गरेका छन् । नेपालसहित उत्तर भारतका भूकम्पपीडितको सहयोगार्थ उनीहरूले यो अभियान सुरु गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूले अनलाइन, चेकलगायतका माध्यमबाट सिधै सहयोग गर्न आह्वान गरेका छन् । यो अभियान भारतीय सरकारले सञ्चालन गरेको अपरेसनमैत्री अन्तर्गतको लाइनमा चल्नेछ ।
‘छिमेकी देशमा भएको त्यो दुःखद घटनाको कारण मान्छेको जीवन गुमेको मात्र छैन्, भौतिक संरचना र त्यहाँका स्रोतहरू पनि नष्ट भएका छन्, त्यसकारण हामीले हाम्रो टेलिभिजनमार्फत ती मानिसमा चाँडोभन्दा चाँडो राहतका सामग्री पु¥याउन यो अभियान सुरु गरेका हौँ,’ स्टार इन्डियाका सिइओ उदय शंकरले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनका अनुसार नेपालका बढी प्रभावित क्षेत्रमा राहतलाई प्राथमिकता दिई संकलन अभियनलाई तीव्र पारिएको छ । यसै अभियानमार्फत केही स्थानमा राहत वितरण गरिसकिएको जनाउँदै करिब पचास हजार मानिसलाई पनि राहत दिइने विज्ञप्तिमा जनाइएको
छ । (एजेन्सी)
प्रतिक्रिया