घाइतेका लागि नेत्रविक्रम चन्दद्वारा रक्तदान

Netra-Bikram-Chandकाठमाडौं, १८ वैशाख । विनाशकारी भूकम्पबाट घाइतेको उपचारमा रगतको अभाव हुन नदिन नेकपा माओवादीका ५९ जना नेता तथा कार्यकर्ताले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रले भृकुटीमण्डप आयोजना गरेको रक्तदान कार्यक्रममा महासचिव नेत्रविक्रम चन्दले समेत रक्तदान गरे ।

पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विनाशकारी भूकम्पबाट पीडितलाई जतिसक्दो चाँडो राहत उपलब्ध गराउन सरकार, विभिन्न सङ्घसंस्था तथा व्यक्तिलाई आग्रह गरे ।

‘भूकम्पबाट घाइते भएकाहरुको उपचारका क्रममा स्वास्थ्य संस्थामा रगतको अभाव हुँदै गएको जानकारी पाएपछि रगतको अभाव हुन नदिन पार्टीका नेता तथा कार्यकर्ता सबैले रक्तदान गरेका हौँ’, प्रवक्ता विश्वकर्माले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार भूकम्प प्रभावित जिल्लामा समेत रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।

पार्टीले कुनै पनि रोगको महामारी फैलिन नदिन भूकम्प प्रभावित जिल्लाको सरसफाइ गर्ने कार्यक्रमअनुसार शनिबार बिहान कालीमाटी क्षेत्रमा सरसफाइ गर्ने भएको छ ।

त्यसै गरी माओवादीले भक्तपुर र ललितपुर जिल्लामा पनि सरसफाइ गरिने भएको छ ।

प्रतिक्रिया