काठमाडौं, ५ वैशाख । ‘कहिले रात १ बजेसम्म पनि पढेँ, कहिले त ९/१० बजे सुतेर १ बजे नै उठेँ, भोलिपल्टको परीक्षा सोचेर होला निद्रा त लाग्दै नलाग्ने ।’
५८ वर्षीया सुषमा वैद्य एसएलसी परीक्षा दिएको अनुभव यसरी सुनाउँछिन् ।
सएलसी सकिएको झन्डै ३ साता बितिसके पनि त्यसको असर भने सुषमाले अझै झेलिरहेकी छिन् । परीक्षाको समयमा राति अबेरसम्म बसेर पढ्दा उनी बिरामी परिन् । ‘राति धेरै बस्दा सर्दी लागेछ कि क्या हो, म त दुई साताभन्दा बढी नै बिरामी परेँ,’ उनी भन्छिन्, ‘सर (मोहन वैद्य)ले त धेरै राति नबस, तिमी बिरामी हुन्छ्यौ भन्नुहुन्थ्यो, मलाई भने निद्रा नै नलाग्ने । त्यसकारण परीक्षामा अबेरसम्म बस्दा बिरामी परेर थलिनुपर्यो ।’
‘मैले ६ कक्षाको विज्ञान परीक्षामा हातमा एउटा खै के लेखेकी थिएँ, सरले देखिहाल्नुभएछ, मेट्न लगाउनुभयो, मलाई त पछिसम्म कस्तो गल्ती गरेजस्तो नराम्रो लागिरह्यो ।’
परीक्षाचाहिँ कस्तो गर्नुभयो त ? सौर्यको यस्तो प्रश्नमा उनले हाँस्दै जवाफ दिइन्, ‘राम्रै भयो ।’ चिट पनि चोर्नुभयो ? ‘आबुइ ! कहाँ चोर्नु नि, म त चोर्नै सक्दिनँ ।’ परीक्षामा धेरै विद्यार्थीले चिट चोरेको देखेको भने उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘चिट नचोर्ने त कमै हुँदा रहेछन् ।’ उनले विगत पनि सम्झिन भ्याइन्, ‘मैले ६ कक्षाको विज्ञान परीक्षामा हातमा एउटा खै के लेखेकी थिएँ, सरले देखिहाल्नुभएछ, मेट्न लगाउनुभयो, मलाई त पछिसम्म कस्तो गल्ती गरेजस्तो नराम्रो लागिरह्यो ।’
नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यपत्नी उनी गोंगबुस्थित चेतना महिला माध्यमिक विद्यालयमा ६ वर्षअघि १ कक्षामा भर्ना भएकी थिइन् । अहिलेसम्म उनी फेल भएकी छैनन् । एसएलसीमा पास हुने–नहुने यसै भन्न नसक्ने उनी बताउँछिन् ।
‘पास भए कलेज पढ्ने ठूलो रहर छ । के पढ्ने भन्नेचाहिँ पास भएछु भने भन्छु, रिजल्ट नै नआई अहिले नै नभनम्,’ उनी भन्छिन्, ‘राजनीतिशास्त्र पढ्ने मनचाहिँ छ ।’ उनले अंग्रेजी विषयमा सोचेजस्तो गर्न सकिनछिन् । पत्रकारले फोटो खिच्दा ध्यान केन्द्रित गर्न नसकेको उनको दुखेसो छ । उनी भन्छिन् ‘पत्रकारहरू आइरहने, बोल्न त नपर्ने तर फोटो खिच्न उहाँहरू आइरहँदा कता–कता दिमागचाहिँ पहिलो दिन निकै भुलिएको थियो । अन्य दिन भने ठिकै भयो ।’
सानोमा बुबाले चाहे पनि विभिन्न कारण पढ्न नपाएको तर दाजुभाइले पढ्न पाउँदा आफूलाई पनि पढ्न पाए हुन्थ्यो भन्ने खड्किरहेको र नयाँ कुरा जान्ने मन भएकाले यस बेला पनि पढाइमा लागेको उनको भनाइ छ । उनीसँगै एमाओवादी नेता कृष्णबहादुर महरा तथा स्वर्गीय पोस्टबहादुर बोगटीकी श्रीमतीलगायत ७ जनाले एकसाथ पढाइ सुरु गरेका थिए । महरापत्नीले बिरामीका कारण २ कक्षाबाट पढाइ छाडिन् भने बोगटीपत्नीले भने ६ कक्षासम्म पढिन् ।
२०५२ सालदेखि माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेपछि उनीहरू पनि युद्धमा होमिएका थिए । वैद्यपत्नीले बन्दुक भने पड्काउनुपरेन । तर, उनी हतियारसँग भने परिचित छिन् । उनी युद्धको स्मरण गर्दै भन्छिन्, ‘मैले हतियार पड्काइनँ तर ठूला
हतियार तथा पेस्तोल चलाऊँ–चलाऊँ
लाग्थ्यो, छोएकी पनि छु ।’ युद्धकालमा माओवादीले बुर्जुवा शिक्षा काम नलाग्ने भन्दै स्कुलहरूमा गएर नयाँ शिक्षा ल्याउँछौँ भन्दै बहिष्कार अभियान नै चलाएको थियो । त्यतिबेला बुर्जुवा भनिएको शिक्षा उनीहरू मात्र होइन, छोराछोरीले पनि अहिले लिइरहेका छन् ।
‘पत्रकारहरू आइरहने, बोल्न त नपर्ने तर फोटो खिच्न उहाँहरू आइरहँदा कता–कता दिमागचाहिँ पहिलो दिन निकै भुलिएको थियो । अन्य दिन भने ठिकै भयो ।’
त्यतिबेलाको राजनीतिक स्थिति नै त्यस्तो भएको र अहिले विकल्प नभएकाले यही शिक्षामा भर पर्नुपरेको सुषमा बताउँछिन् । ‘व्यावहारिक शिक्षा पनि ल्याउनुपर्ने हो केही भएन, अहिले त यो शिक्षा नै लिनुको विकल्प पनि छैन,’ उनी भन्छिन् ।
अहिलेको शिक्षा सैद्धान्तिक मात्र भएको र व्यावहारिक नभएकोमा उनलाई चिन्तासमेत लाग्दोरहेछ । ‘चीनमा ७, ८ कक्षामा पढ्नेले रेडियो घडी बनाउँछन् रे, अलिक ठूलो कक्षामा पुग्नेले ठूलै कुरा बनाउँलान् हाम्रो त्यस्तो भए पो ?,’ बोल्दै गर्दा उनी अड्किइन्, त्यसपछि भने उनी लगातार देशमा विकास नभएको भन्दै पटक–पटक देशको चिन्तामा बोलिन् । कसैले देश र जनताका लागि केही नसोचेको उनको भनाइ छ ।
उनले आइडी नखोलेकाले ‘छैन’ भन्ने गरेकी छिन् । कम्प्युटर सिकेपछि फेसबुक आइडी खोल्ने उनी सुनाउँछिन् । कम्प्युटर सिकेर इन्टरनेटमार्फत नयाँ–नयाँ ज्ञान बटुल्ने उनको रहर छ ।
देशकै बढी चिन्ता
‘प्रचण्ड, कांग्रेस–एमालेजस्तो त तपाईंहरू हुनुभएन नि भनेर मैले सर (मोहन वैद्य) लाई भनिरहन्छु, उहाँले कहाँ एकैचोटि सबै कुरा हुन्छ त, उनीहरूजस्तै हुने भए एकै ठाउँमा भई गइन्थ्यो नि ! तिमी नअत्तालियौ । तिमी अलिक बढी अत्तालिन्छ्यौ भन्नुहुन्छ ।’
शुक्रबार उनकै निवासमा सौर्यसँग एक घन्टा लामो कुराकानीमा उनी निकै खुलिन् । देशका लागि कसैले पनि नसोचेको भन्दै उनी भावुकसमेत बनिन् । ‘प्रधानमन्त्री, मन्त्री, पत्रकार, वकिल कसैले पनि देश र जनताका लागि सोचेनन्,’ उनी भन्छिन्, ‘मलाई त लाग्छ यही देशको स्रोतसाधन मात्रै परिचालन गर्न सके पनि विकास हुन्छ ।’
धनीले गरिबलाई थिचोमिचो गरिरहेकामा देशको कानुन नै कमजोर रहेको उनको बुझाइ छ । ‘बलात्कार, हिंसा, भ्रष्टाचारका घटना बढेको बढेकै छन्,’ उनीे भन्छिन्, ‘मैले त अलिकति पढेकी छु, अरूले त धेरै पढेका छन् तिनले कसरी यस्तो काम गरेका हुन् ? पढेका पुरुषले नै ५० वर्षीय वृद्धा १०, १२ वर्षीया बालिकालाई कसरी बलात्कार गर्न सकेका हुन् म त छक्क पर्छु ।’
आस छैन अहिलेका नेतासँग
१० वर्षे सशस्त्र द्वन्द्वमा उनले पनि योगदान दिइन् । अझ श्रीमान् भारतमा जेल परेपछि त शीर्ष नेताहरूको सूचना आदानप्रदानमा पनि उनको भूमिका रह्यो ।
त्यति बेला उनलाई प्रचण्ड (एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल), किरण (मोहन वैद्य), बाबुराम (एमाओवादी नेता बाबुराम भट्टराई)हरूले देशका लागि केही गर्छन् भन्ने थियो । तर, त्यो धारणा उनमा अहिले फेरिएको छ । अहिलेका कसैले पनि देश र जनताका लागि केही गर्ने छाँट नै नदेखाएको उनको ठम्याइ छ ।
लाग्थ्यो, छोएकी पनि छु ।’ युद्धकालमा माओवादीले बुर्जुवा शिक्षा काम नलाग्ने भन्दै स्कुलहरूमा गएर नयाँ शिक्षा ल्याउँछौँ भन्दै बहिष्कार अभियान नै चलाएको थियो ।
‘सबै नेताले देश र जनताका लागि काम गर्छौ भन्छन्, माथि गएपछि सबै आफ्ना लागि मात्र गर्ने भए । सरलाई नि भन्छु– कसरी देश बनाउने हो त भनेर ? तिमी धेरै आत्तिन्छ्यौ, हामीले नि सक्ने जति त गरिरहेका छौँ भन्नुहुन्छ ।’ कहिलेकाहीँ देशका लागि सोच्दा–सोच्दै निद्रा नै नलाग्ने उनी सुनाउँछिन् । ‘एकले अर्कालाई खुट्टा तान्ने प्रवृत्तीका कारण देशलाई नै खत्तम पारे,’ उनी भन्छिन्, ‘मैले कक्षामा पढेको राणाकालभन्दा अहिले केही फरक छ जस्तो नै लाग्दैन ।’
डा. गोविन्द केसीले चिकित्सा क्षेत्रमा गरेको सत्याग्रहबाट भने उनी निकै प्रभावित बनेकी रहिछिन् । उनलाई भेट्ने रहर हुँदाहुँदै जान नसकिरहेको उनी बताउँछिन् । भन्छिन्, ‘डा. केसीजस्ता असल मान्छे सबै मिलेर अघि बढे देशको विकास होला नत्र अहिलेकै जस्तो गरी त केही हुन्छ भने लाग्दैन । कि त ठूलै उथलपुथलपछि अर्को पुस्ताले गरे मात्रै हो । मलाई त चिन्ता लागिरहन्छ– देशलाई किन माथि उठाउन नचाहेका होलान् ?’
महिला आफैँ अघि सर्नुपर्छ
नेपाली समाज पुरुषप्रधान भएका कारण महिला आफैँ अघि बढ्नुपर्ने उनको ठम्याइ छ । उनको बुझाइमा महिला आफैँ अघि बढ्ने हो भने गर्न नसक्ने केही पनि छैन ।
‘जनयुद्ध त महिलाले नै सफल बनाएका हुन्, हुन् कि होइनन् ? ल भन्नुस् त,’ उनी भन्छिन्, ‘त्यतिबेला महिलामाथि बढी थिचोमिचो थियो, हिंसा थियो, अपहेलित थिए । त्यसकारण उनीहरू युद्धमा आए, सफल पनि बनाए । अब पनि महिला आफ्ना लागि आफैँ अगाडि आउनुपर्छ ।’ २०३२/०३३ सालदेखि कम्युनिस्ट पार्टीमा लागेकी उनले १० वर्षे सशस्त्र द्वन्द्व भूमिगत रूपमै बिताइन् ।
‘एकले अर्कालाई खुट्टा तान्ने प्रवृत्तीका कारण देशलाई नै खत्तम पारे,’ उनी भन्छिन्, ‘मैले कक्षामा पढेको राणाकालभन्दा अहिले केही फरक छ जस्तो नै लाग्दैन ।’
त्यति बेला पूर्वपश्चिम सबैतिर घुमिन् । अब भने जनचेतना फैलाउने अभियानमा लाग्ने उनको योजना छ । ‘कसरी हुन्छ म जनचेतना फैलाउनेमा लाग्छु,’ उनी भन्छिन्, ‘महिलाहरू साह्रै दुःख सहेर बसेका छन् । पढ्न पाएका छ्रैनन् उनीहरूलाई अगाडि ल्याउन लागिपर्छु । मैले पनि पढेर धेरै कुरा बुझेँ जस्तो आफैँलाई लाग्छ । उनीहरूलाई पनि पढ्न आग्रह गर्छु ।’
फेसबुक खोल्छु
एसएलसी परीक्षापछि उनी अहिले केही फुर्सदिलीजस्ती बनेकी छिन् । सामान्य नेपाली टाइप गर्न जान्ने उनी अब भने घरमै कम्प्युटर सिक्ने योजनामा छिन् ।
मलाई पनि कम्प्युटर सिक्न मन छ, सर (श्रीमान्)ले पनि खाली नबस, कम्प्युटर सिक भन्नुभएको छ,’ उनी भन्छिन्, ‘अब बल्ल बिरामीपछि उठेँ, अब सिक्छु ।’ कतिपय साथीले फेसबुक आइडीसमेत माग्ने गरेका छन् उनीसँग ।
उनले आइडी नखोलेकाले ‘छैन’ भन्ने गरेकी छिन् । कम्प्युटर सिकेपछि फेसबुक आइडी खोल्ने उनी सुनाउँछिन् । कम्प्युटर सिकेर इन्टरनेटमार्फत नयाँ–नयाँ ज्ञान बटुल्ने उनको रहर छ ।
प्रतिक्रिया