(पूर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको ८८ वर्षको उमेरमा नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचाररत रहेकै बेला यही २०७२ साल वैशाख ३ गते असामयिक निधन भएको छ । आजीवन राजनीतिमा सक्रिय रहँदै आधुनिक नेपाली राजनीतिको इतिहासका एक अविभाज्य हिस्सा बन्न पुगेका थापालाई श्रद्धाञ्जली स्वरूप सौर्य दैनिक मा २०७० असोज २१ गते प्रकाशित भएको उनीसँगको संवाद जस्ताको तस्तै यहाँ पुनः प्रकाशित गरिएको छ ।)
नेपालको राजनीतिमा अनुभवी एवं चतुर खेलाडीको परिचय बनाएका पुराना र पाका नेता थिए सूर्यबहादुर थापा । थापाले युवा अवस्थादेखि नै लामो समय नेपालको राज्य सत्ताको बागडोर सम्हाले । ३० वर्षे पञ्चायती व्यवस्थामा उनी दरबारका निकट मानिन्थे । पटक–पटक भएको परिवर्तनको आन्दोलनमा उनले सत्तासिनको हैसियतले स्वभाविक तबरबाट निरन्तर हस्तक्षेप गर्दै रहे । तर, ०४६ को परिवर्तनस“गै आफू निकटका पूर्वपञ्चहरूलाई समेटेर उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोले । पछिल्लो समयमा परिवतिर्त व्यवस्थास“गै हि“डेको भए पनि उनी देशको वर्तमान अवस्थाबाट सन्तुष्ट थिएनन् । थापाको भोगाइ र विद्यमान अवस्थाबारे ‘सौर्य’ दैनिकसग भएको उनको संवाद :
राजनीति राष्ट्रको हितमा हुने गरी जनताको लागि गरिनु पर्ने हो । तर, यहाँ जनता र राष्ट्रको हितमा भन्दा सबै पार्टीहरू निर्वाचन मुखी भएका छन् । कसरी चुनाव जित्ने र सत्तामा जानेमा सबैको ध्यान छ । सरकारमा जान पाए जे पनि गर्ने मानसिकतामा छन् नेताहरू । त्यसैले, अहिलेको राजनीति कसैको नियन्त्रणमा छैन । वास्तवमा, पहिलो प्राथमिकता राष्ट्र र जनता हो । राष्ट्रको हित कसरी गर्ने, जनतालाई सेवा कसरी दिने भनेर योजना बनाउने मा भन्दा कसरी निर्वाचनमा विजयी हुने भन्नेमा सबैको ध्यान गएको छ । यति बेलाको राजनीतिलाई म निर्वाचन मुखी राजनीति भन्दछु ।
हामी आन्तरिक द्वन्द्वमा र आरोप प्रत्यारोपमा रमायौँ । आफूले देश सञ्चालन गरेको अवस्थाभन्दा अहिलेको अवस्था चमत्कारी रूपमा विकास भए जस्तो लाग्दैन ।
नेपालको आफ्नै ऐतिहासिक पृष्ट भूमी छ । इतिहासलाई बिर्सेरअगाडि बढिन्छ भनेर सोच्नु हुँदैन । यति बेला त्यही बितेको इतिहासलाई फर्केर हेर्ने हो र वर्तमानलाई महसुस गर्ने हो भने लाग्छ, देश यो अवस्थाबाट धेरैअगाडि बढ्नु पर्ने हो । सबै क्षेत्रमा देशले लामो फट्को मारेर प्रगति गरेको हुनुपर्ने थियो ।
तर, हामी उही अवस्थामा छौँ । जनताले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । परिवर्तन राजनीतिमा मात्र खोज्नु हुँदैन, जनताको जीवनमा हामीले के कति परिवर्तन ल्याउन सक्यौँ त्यो पनि हेर्नु पर्छ । जनताका लागि गरीने राजनीतिले जनतालाई के दियो सोच्नु पर्छ । देशको समग्र क्षेत्र हेर्दा वर्तमान राजनीतिले सन्तोष दिने ठाउँ छैन । राष्ट्रले जुन गतिमा प्रगति गर्नु पर्ने थियो गर्न सकेको छैन । राष्ट्रका लागि भन्दा दलका नेताहरू निजी स्वार्थमा केन्द्रित छन् ।
०००
यतिबेला राजनीतिमा बेथिति देखिएको छ । जब राजनीति गर्ने व्यक्तिहरूमा कमी कमजोरी देखिन्छ त्यति बेला मुलुकमा बेथिति देखिन्छ । मलाई लाग्छ यो राजनीतिमा आएको कमजोरीले हो । देश चलाउने व्यक्तिहरूमा कमीकमजोरी आउँदा स्वभाविक रूपमा देश अन्योलमा रूमलिन्छ । देशले लिनु पर्ने गति लिन सक्दैन । नेपाल यति बेला रनभुल्लको अवस्थामा गुिज्रएका छौँ । राजनीतिमा प्रष्ट भएन भने जनतामा अन्योल छाउँछ । वर्तमान राजनीतिक नेतृत्वले गति दिन सकेको छैन ।
जनतामा अन्योल छ, नेताहरू प्रष्ट छैनन् । यस्तो अवस्थामा राष्ट्र कता जान्छ, मुलुकले कस्तो दिशा लिन्छ, सबैले चनाखो भएर हेरेका हुन्छन् । त्यसैले नेताहरूले जनताको भावनालाई बुझेर प्रष्टसँग काम गर्नु पर्छ ।
जबजब देशमा समस्या आउँछ, नेपालको राजनीतिमा दोष जति अरूको टाउकोमा थोपर्ने प्रवृत्ति छ । त्यो गलत हो, राजनीतिमा जस मात्र हैन अपजस पनि लिन सक्नु पर्छ । जब राजनीतिमा जस मात्र खोज्न थालिन्छ त्यति बेला राजनीतिक नेतृत्व असफल हुँदै जान्छन् । नेपालको राजनीतिमा यो घातक पक्ष हो ।
जनताका लागि गरीने राजनीतिले जनतालाई के दियो सोच्नु पर्छ । देशको समग्र क्षेत्र हेर्दा वर्तमान राजनीतिले सन्तोष दिने ठाउँ छैन ।
समय र परिस्थितिका कारण लामो समय सरकार सञ्चालन गर्ने अवसर प्राप्त गरेँ । छिमेकी को नाताले भारत र चीनको राजनीतिक उचार चढाव हेर्ने र बुझ्ने मौका पाएँ । राजनीति घटना क्रममात्र हैन, उनीहरूले गरेको सामाजिक, भौतिक एवं आथिर्थ प्रगतिनजिकबाट हेर्ने अवसर पाएँ । उनीहरूले धेरै विकास गरे तर हामी कुन अवस्थामा छौँ, मैले भनिरहनु पर्दैन । हामी आन्तरिक द्वन्द्वमा र आरोप प्रत्यारोपमा रमायौँ ।
आफूले देश सञ्चालन गरेको अवस्थाभन्दा अहिलेको अवस्था चमत्कारी रूपमा विकास भए जस्तो लाग्दैन । विकास आफू र आफ्ना लागि हैन जनतका लागि गर्ने हो । जनताले के पाए उनीहरूले मूल्यांकन गर्ने छन् ।
नेपाली जनताको सोचाइ हेर्ने हो भने देश सबैले मिलेर चलाउन् भन्ने मानसिकता रहेको पाइन्छ । जसले जति घमण्ड गरेर एकल नेतृत्वको चाहना गरे पनि एकल नेतृत्वले राष्ट्रको आमूल परिवर्तन गर्न सक्ने अवस्था देखिँदैन । उति बेला पनि हामीले संयुक्त नेतृत्वको आधारमा काम ग-यौँ । नेपालको राजनीति, सामाजिक बनोट, जनताको मानसिकता र विकास क्रमलाई हेर्ने हो भने । कुनै पनि पार्टी वा व्यक्ति एक्लैले सबै काम गर्ने अवस्था छैन । सायद यो हाम्रो राजनीतिक बाध्यता पनि होला ।
जनताको चाहना पनि त्यस्तै देखिन्छ सबै मिलेर साझा धारणाको आधारमा देश चलाउन् भन्ने । सायद त्यसैले होला नेपालको परिवतिर्त राजनीतिमा जनताको जनमत सबैलाई समेटनु पर्ने बाध्यात्मक रूपमा आउने गरेको छ । वर्तमान अवस्थालाई नजिकबाट हेर्ने हो भने बुझन सकिन्छ देश सबैको हो, सबै मिलेर सामूहिक रूपमा सञ्चालन गर्नु भने जस्तै ।
०००
नेपालको राजनीतिमा बेलाबेला आरोप लाग्ने गर्छ वैदेशिक हस्तक्षेप भयो । नेताहरू विदेशीका इसारामा काम गर्छन् भनेर । हामी आफँले बुझनु पर्छ, यस्ता आरोप किन खेप्दैछाँ हामी राजनीतिमा ।
देशभित्र हुने परिवर्तन वा निर्णायक अवस्थामा सबै निर्णय आफँ किन गर्दैनाँ ? सबै निर्णय आफैँले गर्ने हो भने यस्ता आरोप नआउन सक्छन् । मैले यो मामलामा नेताहरूमा कमी रहेको देख्छु । सायद हाम्रो क्षमता आफ्नो निर्णय आफँ गर्न सक्ने गरी विकास नभएर हो कि ? आफ्नो देशको योजना बनाउन किन अरूलाई सोध्ने ? राम्रो कुरा हेरेर पनि सिक्न सकिन्छ ।
विकास आफू र आफ्ना लागि हैन जनतका लागि गर्ने हो । जनताले के पाए उनीहरूले मूल्यांकन गर्ने छन् ।
साना तिना समस्यामा आफैँ विदेशी गुहार्ने अनि फलानो कस्को इसारामा चल्यो भन्दै आरोप लगाउने प्रवृत्ति छ । को कसरी चलेको छ, नेपाली जनताले एक दिन मूल्यांकन गर्ने छन् । देशभित्र रहेका पार्टी र नेताहरूले एकले अर्कोलाई विश्वास र सहयोग गरेर जाने हो भने विदेशीको हस्तक्षेप वा इसाराको आरोपबाट हामी सबै मुक्त हुने छौँ । सायद त्यो क्वालिटीको नेता नै छैन नेपालमा । नेतृत्वमा जुन राजनीतिक नेतृत्वले आफ्नो हैसियत कामले देखाउने हो, गफले हैन ।
राज्य सञ्चालन गर्दा आइपर्ने समस्या र त्यसको चरित्र हिजो र आजमा धेरै भिन्न लाग्दैन, उस्तै छ । पञ्चायती व्यवस्थामा सरकार चलाउँदा त्यति धेरै समस्या व्यहोर्नु परेन । छिमेकी मुलुकबाट राम्रौ सहयोग हुन्थ्यो । कुनै दबाब वा विनाकारण सुझाव आउँदैन थिए ।
अहिले जस्तो कुन पार्टी कसको ‘एजेन्ट’ कसको इसारामा चल्दै छ भनेर आरोप खेप्नु परेन । कहिलेकाहीँ देशभित्रै हुने राजनीतिक उतार चढाबको दबाबको सामना भने गर्नु प-यो । विश्व विकास र अन्तराष्ट्रिय राजनीतिमा आएको प्रभावले होला, हिजोको जस्तो सहज राजनीतिक अवस्था आज छैन । यो समयसँगै आएको राजनीतिक परिवर्तन हो । समय परिस्थितिसँगै आएको परिवर्तनलाई सबैले स्वीकार गरेर जानु पर्छ ।
मानवीय स्वभाव हो, हरेक मान्छेको आ–आफ्नो रोजाइ हुन्छ । म ८६ वर्षको उमेर पुगेको मानिसले युवा अवस्था मन पर्छ भन्न सकाँला । तर, चाहेर युवा हुन सक्दिन । त्यस्तै, अहिलेको तुलनामा हिजोको पञ्चायती व्यवस्था ठीक थियो भन्नु त्यही युवा अवस्था मन पराए जस्तै हो जुन सम्भव छैन । कल्पना गरेर वा चाहेर बितेको समय र अवस्था फर्केर आउँदैन । किन कि समयको गतिसँगै राजनीति परिवर्तन हुन्छ त्यसलाई सबैले सम्मानका साथ स्वीकार गरेरअगाडि बढ्नु को विकल्प हुँदैन ।
समय सापेक्ष आएको परिवर्तनलाई स्वीकार गर्नु पर्छ । राजनीतिले समय–समय मा परिवर्तन ल्याउँछ त्यसको सम्मान गरेर जानु पर्छ, म पनि त्यसै गर्दै छु । दोस्रो संविभानसभाको निर्वाचनको समय जति नजिकिँदै छ, समय पनि साँघुरिँदै छ । निर्वाचनको प्रक्रियाअगाडि बढेको छ । हिजोको दिनसम्म निर्वाचन हुने नहुनेमा धेरैले शंका उपशंका गरेका थिए । हाम्रो पार्टीले पनि शंका उपशंकाकै बीचमा निर्वाचनको तयारी गरेर आएको हो ।
देशभित्र रहेका पार्टी र नेताहरूले एकले अर्कोलाई विश्वास र सहयोग गरेर जाने हो भने विदेशीको हस्तक्षेप वा इसाराको आरोपबाट हामी सबै मुक्त हुने छौँ । सायद त्यो क्वालिटीको नेता नै छैन नेपालमा ।
०००
जनतामा राजनीतिक वितृष्णा छ, अब मुलुकमा कस्तो परिवर्तन होला भन्ने । हिजो ठूलो आसा र भरोसासहित ‘म्यान्डेट’ दिएर पठाएका नेताहरू र पार्टीले त्यो म्यान्डेट पुरा गरेनन् । जनतको म्यान्डेट संविधान बनाउन थियो ।
तर, संविधान बनेन । दलहरू एक अर्काको कारणले गर्दा संविधान बनेन भनेर दोषारोपणमा भुले । आखिर संविधान बनेन । यो कारणले संविधान बनेन भनेर देखाउने आधार छैन । मुलुकमा कनै ठूलो घटना वा दुर्घटना भएर संविधान नबनेको हैन । दलको खिचातानी र राजनीतिक अलमलका कारण संविधान बनेन । राजनीतिक व्यक्ति भएको कारण संविधानसभाबाट संविधान नबन्दा दुःख लाग्नु स्वभाविकै हो ।
तर, एतिहासले मूल्यांकन गर्ला वा नगर्ला, जो जो राजनीतिक रूपमा सक्रिय रह्यौं त्यो समयमा, सबै नै राजनीतिक घटनाक्रमको जिम्मेवार हौँ । म पनि एउटा पार्टीको प्रमुख भएको नाताले र सबै राजनीतिक घटनाको जिम्मेवारी लिन्छु । मैले मात्र हैन, सबै नेताले सफलता असफलताको जिम्मेवारी लिन सक्ने क्षमता देखाउनु जरुरी छ । राजनीतिमा दोष जति अरूको टाउकोमा, सफलता आफ्नो भागमा भन्नु राजनीतिको नाममा स्वार्थ हो ।
मुलुकको वर्तमान परिस्थिति कसैको नियन्त्रणमा छैन । चाहेर पनि सबैले चाहेको काम गर्न सक्ने अवस्था छैन । समयलाई सही रूपमा चिन्ने र पार्टी पंक्तिलाई परिचालन गर्ने सवालमा राजनीतिक व्यक्तित्वमा आएको कमजोरी हो यो ।
सँगै समयको सही रूपमा उपयोग गर्न नसक्नु पनि एउटा समस्या हो । समय सधैं एकनासले चल्दैन निश्चित समय मा काम गर्नु पर्छ । समयको गतिलाई बिर्सनु हुँदैन । यो अवस्थामा जनतालाई दोस दिने ठाउँ छैन । राजनीति भनेको गतिशील वस्तु हो, त्यस्लाई कसैले रोक्नुु हुँदैन ।
नेताहरूले सधैँ समयलाई चिनेर राजनीति गर्नु पर्छ, नत्र कोही सफल हुँदैन भने जीवनमा पाएको स्वणिर्ण अवसरलाई गुमाउँछ र पछुताउनुबाहेक केही रहदैन । समयभन्दापछि परिन्छ । त्यसैले हामीले समयको सही रूपमा उपयोग गर्नु पर्छ । जनतको हितमा देशको माटो सुहाउँदो राजनीति गर्नु पर्छ ।
०००
हिजोको दिनसम्म निर्वाचन हुने नहुनेमा धेरैले शंका उपशंका गरेका थिए । हाम्रो पार्टीले पनि शंका उपशंकाकै बीचमा निर्वाचनको तयारी गरेर आएको हो ।
संविधानसभाको निर्वाचन शान्ति पूर्णरूपमा हुन सकेन भने नेपालको राजनीतिले पुनस् अर्को असफलता व्यहोर्नु पर्नेछ । आजसम्मको राजनीतिमा कहिल्यै असन्तुष्ट हुनु परेन । देश सञ्चालन गरेर असन्तुष्ट रहने अवस्था रहेन ।
यति बेलाको अवस्था हेर्दा लाग्छ चलाएको देशले के कति प्रगति गरेको थियो र यति बेला देशले कति प्रगति गरेको छ ! विगत र वर्तमानलाई समीक्षा गर्दा असन्तुष्ट हुनु पर्ने कारण छैन । देश चलाउनु भनेको दैनिक आइपर्ने काम गर्नु मात्र हैन । कसैलाई लाग्ला, दैनिक आइपर्ने काम गर्नु दैनिक प्रशासन चलाउनु वा मन्त्रालय जानु नै देश चलाउनु हो । त्यो भ्रम त्यागनु पर्छ ।
देशमा आमूल परिवर्तन हुनेगरी ठूला आथिर्थ राजनीतिक परिवर्तन भयो कि भएन त्यसलाई मूल्यांकन गर्नु पर्छ । बुद्धिजिवीको बीचमा यो विषय प्रश्न चिन्ह पनि बन्न सक्छ । दैनिक प्रशासन चलाएर दंग पर्ने प्रवृत्ति अन्त्य हुनु पर्छ ।
देशले गति लियो कि लिएन ? जनताको जीवनस्तरमा के कति प्रभाव पा-यो ? हेर्नु पर्छ । देश चलाउनु समग्र क्षेत्रको उत्तरदायीत्व हो । हिजो जुन व्यवस्थामा रहेर जनताको लागि सेवा गरियो, आज नेपालको अवस्था हेर्दा लाग्छ, मैले जे गरे त्यो बेला ठीक गरे । वर्तमानमा जे हुँदै छ त्यो पनि ठीकै हुँदै छ । छिमेकीहरूको प्रगति हेर्न वा बुझन सकेनौँ ।
०००
यो उमेरसम्म राजनीतिक कर्मीको नाताले सधँ देशको बारेमा सोचिरहेको छु । तर, समयको समीक्षा गरी रहदा सोच्थेँ ८० वर्षको भएपछि राजनीतिबाट बिदा लिनु पर्छ । हरेक मान्छेको शरीरले उमेरसँगै आराम पनि खोज्छ ।
आरामले बसौला रिटायर्ड हौँला भनेको थिए । प्रयास पनि नगरेको हैन तर सकिन । आराम गर्नु भनेको दिन भरी धुमधुम्ती बसेर खानु सुत्नु हैन । त्यसो गर्दा मान्छेमा झन चाँडै बुढैली लाग्छ । राजनीति गर्ने धेरै व्यक्तिहरू राजनीतिसँगै अरू पनि क्षेत्रमा लागेका हुन्छन् । कोही लेखन वा अरू पेसा व्यवसायमा लागेका हुन्छन् । म सुरुदेखि एकोहोरो भएर राजनीतिमा लागे । अरू केही काम जानेको छैन के गर्नु ।
देशले गति लियो कि लिएन ? जनताको जीवनस्तरमा के कति प्रभाव पा-यो ? हेर्नु पर्छ । देश चलाउनु समग्र क्षेत्रको उत्तरदायीत्व हो ।
जानेको र बुझेको यही राजनीति हो । युवा उमेरमा मन्त्री प्रधानमन्त्री भएँ । त्यति बेला अरू पनि केही सिक्नु पर्छ भन्ने लागेन । अरू काममा लाग्दा पनि लागिन । मेरो सीप क्षमता दक्षता जे छ, यही राजनीति हो । अरू केही जानेकै छैन जाने ठाउँ पनि रहेन ।
युवाहरूले त त्यसै बस्न हुँदैन, बुढेसकालमा त्यसै बस्दा झनै बुढेसकाल लागेको महसुस हुन्छ । सक्रिय हुनु पर्छ भनेर क्रियाशील भएको छु । यो उमेरमा पनि पार्टी एकता गरेर अध्यक्ष भएको छु । यो मेरो सोख हैन, परिस्थिति ल्याएको जिम्मेवारी हो । पार्टीमा आएको नयाँ शक्तिलाई पूरा गर्ने कोसिस गदै छु । यो मेरो रहरभन्दा पनि बाध्यता हो । राजनीतिमा सबै कुरा आफूले चाहेर हुँदैन अरूको मजिर्जा पनि चल्नु पर्ने हुन्छ । जनताप्रतिको उत्तरदायित्वले म सक्रियताको कोसिस गर्दै छु ।
प्रस्तुति : चमिना भट्टराई
प्रतिक्रिया