काठमाडौ, ४ बैशाख । रेडबुल राष्ट्रिय लिग फुटबल अन्तरगत बिहिबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले फराकिलो अन्तरले जित हात पारेको छ ।
जगदम्बा लुम्बिनीलाई ५–० गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब रेडबुल राष्ट्रिय लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । आर्मीलाई फराकिलो जित दिलाउने क्रममा नवयुग श्रेष्ठ र अमृत बस्नेतले २ तथा टेक बहादुर बुढाथोकीले एक गोल गरे ।
बुटबल स्थित एन्फा टेक्नीकल सेन्टरमा भएको खेलमा घरेलु टोली जगदम्बा लुम्बिनी क्लब विभागिय टोली आर्मीका सामु निरिह देखियो । आर्मीका लागी पहिलो हाफको ४० औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफको तुलनामा केही आक्रमक खेल खेलको आर्मीलाई सम्हाल्न नसक्दा लुम्बीनीले दोश्रो हाफमा ४ गोल खाएको थियो ।
दोश्रो हाफको ६५ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे । नवयुग श्रेष्ठले ७० औ मिनेटमा थप गोल गर्दै आफ्नो ब्यक्तिगत गोल सङख्या दुई प¥याए । त्यसपछि अमृत बस्नेतले खेलको ८५ औं र अतिरिक्त समयको ९२ आंै मिनेटमा गोल गर्दै आर्मीको जित फराकिलो पारे । लुम्बीनी विरुद्धको जितसंगै आर्मीले ५ खेलबाट ९ अंक जोडेको छ भने ६ खेलबाट ४ अंक जोडेको लुम्बिनी लिग तालिकाको पुछारबाट दोस्रोमा छ ।
यस्तै, बिहिबार भएको दोश्रो खेलमा सुदुरपश्चिमाञ्चलले एपिएफलाई गोलरहित बराबरीमा रोकेको छ । धनगढीमा सम्पन्न खेलमा लिगमा मिश्रित प्रदर्शन गर्दै आएको एपिएफले सुदुरपश्चिमाञ्चल विरुद्ध पनि जित हात पार्न सकेन । एपिएफले पहिलो हाफको तुलना दोश्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको थियो । तथापी एपिएफका स्ट्राइरले सुदुरपश्चिमाञ्चलमा विरुद्ध गोल भने गर्न सकेनन् । घरेलु मैदानमा सुदरपश्चिम फुटबल क्लबले विभागिय टोली एपिएफसंग गोल रहित बराबरी रोक्दै अंक खोस्न सफल भयो ।
बराबरीपछि एपिएफ ५ खेलबाट ८ अंक जोड्दै तालिकाको पाचौ स्थानमा छ । सुदुरपश्चिमले ६ खेलबाट ५ अंक जोड्दै तालिकाको सातौ स्थानमा छ । अर्को खेलमा लिगको बलियो टोली मनाङ मस्र्याङदी क्लब मोरंङ फुटबल क्लबसंग गोल रहित बराबरीमा रोकीएको छ ।
विराटनगरको शहिद मैदानमा भएको खेलमा कमजोर प्रतिद्धन्द्ी मोरंङ फुटबल क्लबसंग गोलरहित बराबरी खेल्दै उपाधिको बलियो प्रत्यासी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङद्ीले पनि अंक बाड्ेको छ । घरेलु टोली मोरंङले बलियो प्रत्यासी मनाङविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै बराबरीमा रोकेको छ ।
मनाङका लागी भरपर्दा मानिएका कुनै पनि विदेशी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा मनाङले जित दर्ता गर्न सकेन । मनाङ स्ट्राइकरले गोलका लागी केही अवसर सिर्जना गरेपनि मोरङका रक्षकले त्यसलाई सहजरुपमा निस्तेज पारिदिए ।
घरेलु दर्शकको साथ पाएको मोरङले मनाङ विरुद्ध उत्कृष्ट खेलेको थियो । मोरङ खेलाडीले केही राम्रा अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेनन् । यसैगरी,बराबरीपछि ५ खेलबाट ११ अंक जोडेको मनाङ लिग तालिकाको शिर्ष स्थानमा यथावत छ । मनाङ विरुद्धको बराबरीसंगै लिग तालिकाको पुछारमा रहेको मोरंङको ६ खेलबाट ३ अंक रहेको छ ।
प्रतिक्रिया