‘मैले अवार्ड जितेको हेर्न चाहँदैनन्’

Sunny-Leoneमुम्बई । इन्डो क्यानेडियन पोर्न स्टार सन्नी लियोन बलिउडमा प्रवेश गरेदेखि नै चर्चामा छिन् । महेश भट्टको फिल्म ‘जिस्म २’ मार्फत बलिउडमा पाइला टेकेकी सन्नी आफ्नो पोर्न स्टारको छवि मेटाउन संघर्षरत छिन् । हाल प्रदर्शन भइरहेको फिल्म ‘एक पहेली लीला’ का कारण पनि उनको चर्चामा थप अर्को इँटा थपिएको छ ।
सन्नी अहिले अमेरिकामा छिन् । आफ्नो फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको दाबी गर्ने सन्नी फिल्म जति लामो समय चले पनि फिल्मले बलिउडमा आफूलाई अवार्ड दिनेमा आशावादी नरहेको बताउँछिन् । आफू पोर्नस्टार भएकै कारण अवार्डको मनोनयनमा नपरेको उनको गुनासो छ ।
‘मैले एडल्ट फिल्ममा काम गरेकी छु, त्यसकारण बलिउडमा मलाई केही मानिस दुरी बनाएर राख्छन्, म आफ्नो नाम कुनै पनि अवार्डमा उच्चारण होस् भन्ने चाहना पनि राख्दिनँ,’ अमेरिकी एक पत्रिकासँग उनले भनेकी छन्, ‘त्यसकारण पनि मैले बलिउडमा अवार्ड जित्न सक्छु भन्ने लाग्दैन, बलिउडका केही मानिस मैले अवार्ड जितेको हेर्न चाहदैनन् ।’
आफूलाई पनि अवार्ड कार्यक्रममा राम्रो रूप लिएर पतिसँग जाने चाहना राखे पनि मानिसहरूले आफूप्रति गर्ने व्यवहारले गर्दा कार्यक्रममा उपस्थित हुन नसकेको खुलाएकी छन् । सन्नी मंगलबार अमेरिकाको लसएन्जल्स पुगेकी थिइन् ।
भारतलाई ‘मिस’ गरिरहेको जनाउँदै उनले अमेरिका पुग्नासाथ ट्वीटरमा ट्वीट गरेकी थिइन् । ‘मलाई विश्वास छ कि तपार्इंहरू सबै भारतमा मेरो फिल्म ‘लीला’ हेर्न पक्कै पनि जानु भइरहेको छ, म अहिले अमेरिका पुगे पनि पूरा ध्यान भारततिरै गएको छ,’ उनले ट्वीटेकी छन् ।

प्रतिक्रिया