किन मारिन्छन् छोरीहरू ?

6ori_1काठमाडौं, २ वैशाख । अस्मिताले १२ वर्षअघि एउटी छोरी जन्माएकी थिइन् । एउटै छोरी भए पुग्छ भनेर बसेकी अस्मिता छिमेकीले छोरो जन्माएपछि फेरि उनमा पनि छोराको चाहना पलायो । बाह्र वर्षपछि खोलो पनि फर्कन्छ भने जस्तै उनले १२ वर्षपछि छोरो जन्माइन् ।
छोरो पाउने चाहनामा उनले यो १२ वर्षको अन्तरालमा पााचपटक गर्भपतन गरिन् । जब उनको पेटमा तीन महिना वा १२ हप्ताको गर्भ हुन्थ्यो तब उनी क्लिनिकमा धाउाथिन् । जब गर्भमा छोरी भएको थाहा पाउाथिन् तब उनी तुरुन्तै आफ्नो गर्भलाई तुहाउाथिन् । अन्त्यमा छोरो भएको डाक्टरले भनेपछि उनले दुई ठाउामा गएर लिंग परीक्षण गरिन् । छोरै भएको प्रष्ट भएपछि मात्र उनले बच्चा जन्माएकी थिइन् ।
मुलुकमा अहिले पनि छोराको लागि छोरीलाई गर्भमै मार्ने चलन नौलो होइन । आर्थिक विपन्नता र शैक्षिक अज्ञानताका कारण दक्षिण एसियाली मुलुकमा अहिले पनि थुप्रै छोरीले गर्भमै मृत्युवरण गर्न बाध्य छन् । सुनौलो भविष्य नेपालका कार्यक्रम प्रमुख फणिन्द्र सापकोटाका अनुसार पनि गर्भपतनको प्रमुख कारण आर्थिक र शैक्षिक नै हुन् । समाजमा रहेका आमा र सासुआमाको कारण पनि महिलाले छोरै पाउनुपर्ने बाध्यात्मक अवस्था छ । उनी थप्छन्, ‘श्रीमान्को भन्दा पनि आमा र सासुले छोरो जन्माउन दबाब गरिरहेका हुन्छन् ।’ छोरा पाएमा घर सुरक्षित हुनुका साथै छोराले वंश कायम राख्छ भन्ने सोच सासु र आमाहरूको हुन्छ । त्यसैले पनि छोरो पाउन उनीहरू दबाब दिइरहेका हुन्छन् ।
नेपालमा सन् २००२ देखि गर्भपतनलाई कानुनी मान्यता दिइएको थियो । तर, त्यही कानुनलाई आधार मानेर लिंग परीक्षणपश्चात् गर्भपतन गर्नेको संख्या बढेको छ । कानुनले मान्यता दिएपछि उनीहरूलाई गर्भपतन गर्न झनै सजिलो भएको छ । यसरी गर्भमा छोरी भएको थाहा पाएपछि गर्भपतन गर्नुपर्दा उनीहरू निजी क्लिनिकमा जाने गर्दछन् । क्लिनिकमा महागोमा उनीहरू गर्भपतन गर्ने गर्दछन् ।
अस्मिताले पााचवटै गर्भपतन गर्दा उनको गर्भ तीन महिनाको थियो र उनले हरेकपटक गर्भ तुहाउनका लागि कहिले १२ हजार त कहिले १३ हजार रुपैयाा खर्च गरेकी थिइन् । यस्तो गर्भपतन गर्दा घरको परिवारलाई पनि थाहा नहुने गर्दछ । जसको कारण महिलाले गर्भपतन गरेपछि आरामसम्म गर्न पाउादैनन् ।
महिला तथा स्त्री रोग विशेषज्ञ डा. लता ब्रजाचार्यका अनुसार नेपालमा पनि लिंग परीक्षण गर्ने चलन निकै बढेको छ । अमेरिका र युरोपतिर प्राय: सबैको लिंग परीक्षण गर्ने चलन भएकाले पनि लिंग परीक्षण नराम्रो कुरा नभएको उनको भनाइ छ । लिंग परीक्षणले परिवारले उसको भविष्यका लागि एउटा प्लान बनाउन सकिने हुनाले पनि लिंग परीक्षण राम्रो भएको उनले बताइन् । तर, नेपाल जस्तो अन्धविश्वास र अविकसित मुलुकमा भने यसको फाइदाभन्दा बेफाइदा नै बढी देखिएको छ । नेपालमा लिंग परीक्षण गर्नुको मुख्य कारण भनेकै गर्भपतनका लागि हुने गरेको छ । डा. बज्राचार्य भन्छिन्, ‘अहिले महिलाहरू पेटको बच्चाको लिंग थाहा पाउन बढी उत्सुक देखिन्छन् ।’ निजी क्लिनिकहरूमा बढी रकम तिरेर उनीहरू लिंग थाहा पाउने गर्दछन् । डाक्टरले भन्दिना भने पनि महिलाहरू जबर्जस्ती लिंगको बारेमा जानकारी लिने गरेको डा. बज्राचार्यको अनुभव छ । यदि पहिला छोरा छ भने लिंग परीक्षणमा फेरि छोरा नै भए पनि आमाले यस्ता छोरालाई जन्म दिने गरेको पाइन्छ भने यदि पहिले छोरी छ र पछि पनि छोरी नै छ भने यस्तो छोरी जन्मनुअगावै पेटभित्रै मारिने गरिएको छ ।
लिंग परीक्षणपश्चात् गर्भपतन गैरकानुनी भए पनि क्लिनिकहरूमा महागोमा यस्ता गर्भलाई पतन गर्ने काम भएको पाइन्छ । सरकारी अस्पतालमा यस्ता कार्य निषेध भएका कारण निजी क्लिनिकहरूमा महागोमा यस्ता काम सजिलै हुने गरेको छ । डा. ब्रजाचार्य भन्छिन्, ‘महिलाको मजबुरीले नै छोरीलाई गर्भमै तुहाउने गरिएको छ । अहिले पनि तीन/चारवटा छोरी भएमा पछि भए पनि सौता ल्याउने चलन भएकै कारण महिलाहरू गर्भपतन गर्न बाध्य छन् ।’ यसका लागि समाजको तल्लो तहबाट परिवर्तन हुन जरुरी भएको उनी बताउाछिन् ।
मुलुकमा हुने २० प्रतिशत गर्भपतन लिंग परीक्षणपश्चात् हुने गरेको सम्बन्धित स्रोतको दाबी छ । यी यस्ता गर्भपतन हुनुको कारण छोरी नै हुने गरेको पनि उनी बताउाछन् । यस्ता गर्भपतनहरू मापदण्डभन्दा पनि बढीको हुने गरेको छ । जसको कारण कतिपय अवस्थामा महिलाको ज्यानै जाने गरेको पाइन्छ ।
त्यसैगरी आफौले पनि असुरक्षित गर्भपतन गर्दा अहिले पनि मुलुकमा धेरै महिलाको ज्यान जोखिममा परेको छ । तर, हाल गर्भपतनलाई कानुनी मान्यता दिएदेखि धेरै हदसम्म सुरक्षित गर्भ पतन हुने गरेको कार्यक्रम प्रमुख सापकोटाको अनुभव छ ।
नेपालमा १२ हप्तासम्मको गर्भलाई पतन गर्ने अधिकार कानुनद्वारा नै दिइएको छ । यदि कुनै महिलाको बलात्कार वा हाडनाता करणीबाट रहेको गर्भ वा गर्भकै कारण महिलाको ज्यान खतरामा छ भने त्यस्ता महिलाले १८ हप्तासम्मको गर्भलाई गर्भपतन गर्ने अधिकार कानुनद्वारा नै सुरक्षित छ ।
लिंग परीक्षणपछि गरिने गर्भपतन भने १२ हप्ताभन्दा माथिको हुने गरेको छ । गर्भ रहेको १२ हप्तापछि मात्र लिंगको पहिचान हुने भएकाले पनि यस्ता गर्भपतन १२ हप्तामाथिको हुने गरेको छ ।
यस्तै कतिपयले छिमेकी मुलुक भारतमा गएर पनि गर्भपतन गर्ने गरेका छन् । भारतमा गर्भपतन गर्दा भने कुनै निश्चित रकमभन्दा पनि गर्भ कति महिनाको हो त्यही आधारमा गर्भपतनको मूल्य निर्धारण हुने गरेको त्यससाग सम्बधित स्रोतको दाबी छ । यसरी गरिने गर्भपतनलाई असुरक्षित गर्भपतन भनिने गरेको छ । जसको कारण गर्भवती महिलाको ज्यान जोखिममा पर्ने गरेको पाइन्छ
विश्वमा हरेक वर्ष लाखौं महिलाको ज्यान असुरक्षित गर्भपतनबाट हुने गरेको छ । विश्वमा गरिने असुरक्षित गर्भपतनबाट बर्सेनि ५० प्रतिशत महिलाको ज्यान जाने गर्दछ । त्यस्तै १३ प्रतिशत महिलाको असुरक्षित तरिकाले बच्चा जन्माउादा मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया