वि.सं. २०७२ सालका बिदा–दिनहरू

calenderहरेक नयाा वर्ष नजिकिादै गर्दा मान्छेमा कौतुहल बढने गर्छ । आउने वर्षमा कुन पर्व कहिले पर्ने हो ? वर्षभरी कति दिन बिदा हुने हो ? भन्नेमा । आफूलाई अनुकूल र आवश्यक पर्ने तिथिमिति हेर्ने र त्यही अनुसार योजना बनाउन नयाा सालको पात्रो जोहो गर्नेहरू प्रशस्त देखिन्छन् । प्राय: हरेक मानिस नयाा वर्षसागै अनेक नयाा वाचा गर्ने, अनेक प्रतिबद्धता गर्ने, अनेक योजना बनाउने गर्दछन् । नयाा वर्षमा नयाा योजनाहरू बनाएर त्यसै अनुसार आफूलाई ढाल्ने प्रयास पनि धेरैले यस अवसरमा गर्ने गर्छन् । आफूले बनाएका त्यस्ता नयाा योजना र प्रतिबद्धतामध्ये कति पूरा हुन्छन् त कति हुादैनन् । त्यो वर्षको अन्त्यमा फेरि थारैले मात्र आत्मसमीक्षा गर्ने गर्छन् ।
नयाा वर्षको रमझम, अझ ‘न्यू इयर्स इभ’, को ह्याङओभरले छाडिसकेको हुादैन, नयाा वर्षमा आइलाग्ने र पूर्वनिर्धारित बिदाहरू गन्ने ह्याङओभर सुरु भइहाल्छ । प्रसंगवश हेरौा, नयाा विक्रम संवत् ०७२ मा शनिबारसहित, सरकारी, विविध चाडवाड र राष्ट्रिय दिवसमा पर्ने बिदाहरूको संक्षिप्त आँकलन :
नेपाल सरकारले ०७२ बैशाख १ देखि चैत मसान्तसम्म वर्षभरी सरकारी कार्यलयमा दिने सार्वजनिक, पर्व, सट्टा, एवं कार्यलय समय निर्धारण गरेको छ । नेपालमा चल्दै आएको शनिबारको बिदा त छ्रादै छ । त्यसैगरी ०७२ सालभरी हुने सार्वजनिक बिदा एवं पर्व यसप्रकार रहेको देखिन्छ –

१    वैशाख ५, १२, १९, २६ (चार दिन)
२    जेठ २, ९, १६, २३ र २६ (पााच दिन)
३      असार ५, १२, १९, र २३ (चार दिन)
४    साउन २, ९, १६, २३ र ३० (पााच दिन)
५    भदौ ५, १२, १९ र २६ (चार दिन)
६     असोज २, ९, १६ २३ र ३० (पााच दिन)
७    कात्तिक ७, १४,२१, र २८ (चार दिन)
८    मंसिर ५, १२, १९ र २६ (चार दिन)
९    पुस ४, ११, १८ र २५ (चार दिन)
१०    माघ २, ९, १६ र २३ (चार दिन)
११    फागुन १, ८, १५, २२ र २९ (पााच दिन)
१२    चैत ६, १३, २० र २७ (चार दिन)

जम्मा शनिबार ५२ दिन बिदा

त्यसैगरी चाडपर्वमा पर्ने बिदा : वैशाख १ गते नयाा वर्ष प्रारम्भ । वैशाख २१ गते सोमबार  किराात, राई, लिम्बू जातिको उभौली पर्व साथै वैशाख पूर्णिमा भएकाले बिदा पर्छ ।
भदौ १२ गते शनिबार जनै पूर्णिमा ऋषि तर्पणी, १९ गते शनिबार गौरापर्व, साथै इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद–उल–फित्र) को दिन भएकोले बिदा पर्छ ।
मंसीर १ गते मंगलबार छठ पर्व र इस्लाम धर्मावलम्बीको पर्व इद (इद–उल–जोहा) पर्छ । त्यस्तै, पुस १० गते शुक्रबार किराात जातिको उधौंली र योमरी पुन्हि–ज्यापू दिवस पर्छ । साथै सोही दिन इसाई धर्मावलम्बीको पर्व क्रिसमस डे समेत परेको छ । सोही महिनाको १५ गते बुधबार तमूल्होसार पर्छ ।
त्यसैगरी माघ १ गते शुक्रबार माघी पर्व पर्छ । उक्त दिनलाई छन्त्याल जातिको राष्ट्रिय पर्व मानिन्छ ।
त्यसैगरी माघ २६ गते मंगलबार सोनम ल्होसार पर्व पर्छ । फागुन २४ गते सोमबार महाशिवरात्री पर्छ ।
फागुन २५ गते अन्तर्राष्ट्रिय महिला दिवस ।
फागुन २६ गते बुधबार हिमाली आदिवासी शेर्पाले मनाउने ग्याल्मो ल्होसार पर्व पर्दछ । चैत्र ९ गते मंगलबार फागुन पूर्णिमा पर्छ । यो पर्वलाई  तराईमा १० गते बुधबारसमेत बिदा दिने गरिन्छ ।
सरकारले स्थानीय जाति र संस्कार अनुसार स्थानीय स्तरमा समेत बिदा दिने गरेको छ । यसरी फरकफरक ठाउामा बसोवास गर्ने जाति र समुदायको आधारमा दिने बिदा यसप्रकार छ ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बर्दिया, कैलाली र कञ्चनपुर आदि जिल्ला छन् । ती जिल्लामा बस्ने आदीवासीले सिरुवा पावनी, धवथाम्वु र छेउचिक पर्व मान्दछन् ।
सरकारले दिने बिदामध्ये महिलाका लागि मात्र पर्ने बिदामा भदौ ३० गते बुधबार हरितालिका (तीज), असोज १ गते शुक्र्रबार ऋषि पञ्चमी र असोज १८ सोमबार जितिया पर्व पर्दछ। यी दिनमा महिलालाइ्र्र मात्र बिदा दिने प्रचलन छ ।
शिक्षण संस्थामा मात्र दिने बिदामा फागुन १ गते वसन्त पञ्चमी परेको छ । काठमाडौं उपत्यकामा मात्र दिने जात्रा बिदामा भदौ १३ गते आइतवार गाईजात्रा, असोज १० गते आइतवार इन्द्रजात्रा र चैत्र २५ गते घोडे जात्रा छन् । साइत हेरेर देखाइने मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा पनि यसैमा पर्दछ ।
आश्विन २६ गते मंगलबार घटस्थापना कात्तिक ३ गते मंगलबारदेखि ७ गते शनिबारसम्म दसौ बिदा । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमाको बिदा परेकोछ । त्यसैगरी तिहारमा हुने बिदामा कात्तिक २५ गते बुधबार लक्ष्मीपूजा, २६ गते गोर्वधन पूजा, म्हपूजा, नेपाल संवत् २७ गते भाइपूजा परेका छन् ।
वर्षभरी पर्ने अन्य राष्ट्रिय दिवस यसप्रकार छन्– वैशाख ११ गते शुक्रबार लोकतन्त्र दिवस, वैशाख १८ गते शुक्रबार विश्व मजदुर दिवस र जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस पर्ने हुनाले यी दिनमा पनि बिदा पर्दछ ।
भदौ २२ गते मंगलबार निजामति दिवस । मंसिर १७ गते बिहीबार अन्तर्राष्ट्रिय अपांग दिवस अपांग कर्मचारीलाई बिदा ।
माघ १६ गते शनिबार सहिद दिवस र फागुन ७ गते शुक्र्रबार प्रजातन्त्र दिवसको बिदा ।
राष्ट्रका विभिन्न विभूतिको नाममा दिइने जन्मजयन्ती बिदा यसप्रकार रहेको छ :
वैशाख २१ गते सोमबार बुद्ध जयन्ती । भदौ १९ गते शनिबार श्रीकृष्ण जन्माष्टमी र मंसिर ९ गते बुधवार गुरु नानक जयन्ती पर्दछ (नेपाली सिख धर्मावलम्बी सरकारी कर्मचारीलाई बिदा) ।
सरकारले केही कार्यालयको अवस्थालाई ध्यानमा राखेर सट्टा बिदाको समेत व्यवस्था गरेको छ । अस्पताल, रोपवे, टेलिफोन, प्रहरी, अध्यागमन, नेपाल टेलिभिजन, नेपाल सरकार मुद्रण विभाग, हुलाक, आकाशवाणी, जस्ता आकस्मिक सेवा प्रदाय गर्ने कार्यालयमा बिदाको दिन समेत काम गर्नुपर्ने भएकाले दैनिक काम नरोकिने गरी प्रचलित कानुनमा रित पुर्‍याई सट्टा बिदा बस्ने ब्यवस्था गरेको छ ।
जाडो र गर्मी याममा हुने समयको घटबढलाई ध्यानमा राखेर सरकारी काममा समय निर्धारण गर्ने गरिएको छ । शुक्र्रबार बाहेकको दिनमा माघ १६ देखि कात्तिक १५ सम्म बिहान १० देखि ५ बजेसम्म र कात्तिक १६ देखि माघ १५ सम्म १० देखि ४ बजेसम्म कार्यालय समय रहनेछ । शुक्रबार भने सरकारी कार्यालय समय बिहान १० देखि ३ बजे सम्म मात्र रहनेछ ।
यसरी हेर्दा समग्रमा वर्षमा ३६५ दिन हुनेमा नेपालमा करिब १०० दिन त यो वा त्यो गर्दै सरकारी बिदा नै पर्ने रहेछ । यसबाहेक समय–समयका बन्द र अन्य हडतालमा हुने ‘बिदा’को फेहरिस्त त छादै छ, जसरी बितेका केही महिना पहिले राजधानी काठमाडौंलाई सफा, सुन्दर र स्वच्छ प्रदर्शन गर्न सार्क सम्मेलनको अवसरमा आकस्मिक बिदा दिइएको थियो ।
समय–समयमा यस्ता नसोचिएका बिदाहरू पनि नेपाली नागरिकले पाउने गरेका छन् । उल्लिखित तमाम बिदाबाहेक यो वर्ष नै पनि यस्ता आकस्मिक बिदाहरू पस्किने सन्दर्भमा कति पो फरक रहला र ? नयाा वर्षको शुभकामना !

प्रतिक्रिया