भिलेन दिव्या

dibyaमुम्बई । बलिउड अभिनेत्री दिव्या दत्तले अभिनय गरेका अधिकांश फिल्ममा दर्शकले सकारात्मक भूमिकामा अभिनय गरेको देखेका छन् । फिल्ममा सकारात्मक चरित्रमा देखिइरहेकी यी अभिनेत्री नयाा फिल्म ‘चक एन्ड डस्टर’मा पूर्ण रूपमा नकारात्मक अर्थात भिलेनका रूपमा देखिने भएकी छन् ।
‘यो मेरो लागि पहिलो नकारात्मक भूमिका हो, त्यसकारण पनि म यो चरित्रमा काम गर्न निकै उत्साहित छु,’उनले भनेकी छन्, ‘फिल्म शिक्षकको जिन्दगी र शिक्षा प्रणालीमा आधारित रहेर बन्न लागेको हुनाले पनि म उत्साहित भएकी हुा ।’ उनले फिल्ममा अभिनेत्री सवाना आजमीको समेत अभिनय हुने भएकाले उनीसाग काम गर्न पाउनु आफ्नो लागि भाग्य बनेको बताइन् ।
यो फिल्म बलिउडका चर्चित मेकअप आर्टिस्ट सुभाष सिंहको पहिलो होम प्रोडक्सन फिल्म हो । जसमा जुही चावला, जरिना बहाब, अनुपम खेर र ज्याकी श्राफजस्ता कलाकारको पनि अभिनय रहनेछ ।

प्रतिक्रिया