नेपालमा क्रिकेट पनि यो वर्ष भ्रष्टाचारको आहालमा डुब्यो । नेपाल क्रिकेट संघ(क्यान) का अध्यक्ष टंक आङबुहाङसहित ३१ सदस्यीय कार्यसमितिका १० जना आर्थिक अनियमिततामा फसेपछि टिबी शाहलाई अध्यक्षमा चयन गरियो । शाहको निधनपछि अहिले क्रिकेट संघ दीपक कोइरालाको नेतृत्वमा छ ।
नामिबियामा भएको आइडिसिसी प्रिमियर लिग डिभिजन टुको खेलमा नेपाल चौथो स्थानमा रह्यो । विश्व क्रिकेट काउन्सिल(आइसिसी) ले पूर्वनिर्धारित संरचना परिवर्तन गरेपछि नेपालले चौथो हुनुका बाबजुद पनि वल्र्ड लिग डिभिजन खेल्ने अवसर पायो ।
यसै वर्ष नेपालले मलेसियामा भएको एसिसी प्रिमियर लिगमा तेश्रो स्थान पायो भने न्युजिल्यान्डमा भएको आइसिसी वान डे क्वालिफायरमा पहिलो चरणबाटै बाहिरियो । आइसिसी डिभिजन थ्रीको विजेता बनेको नेपालले हङकङसँग खेलेको थियो ।
उमेर समूहको हकमा कुवेतमा भएको एसिसी अन्डर १६ क्रिकेटमा विजेता र मलेसियामा भएको एसिसी अन्डर १९ मा नेपाल उपविजेतामा सीमित भयो ।
नेपाली क्रिकेट खेलाडीले नेपाल बाहिरका केही क्लबबाट पनि खेल्ने अवसर पाए ।
सबैभन्दा ठूला प्रतियोगिता नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बेलायतको पुरानो क्लब मेलबर्न क्रिकेट क्लब, सोमपाल कामी र सागर पुनले श्रीलंकाको बी डिभिजन लिग खेल्ने अवसर पाउनु पनि नेपालमा क्रिकेटको व्यावसायिकताको प्रवेश मान्न सकिन्छ ।
नेपालका युवा क्रिकेटर करन केसी र आरिफ शेखले भारतको नागपुरमा गएर केही प्रशिक्षण समेत लिन पाए । नेपालका क्रिकेटरमा प्रदर्शन सुधारका लागि नेपालमा भारतका पूर्व स्पिनर राजु वङ्कटेस र श्रीलंकाका फास्ट बलर रुमेस रत्नानायकेलाई समेत झिकाइएको थियो । उनीहरूले नेपालका विभिन्न क्लबमा समेत युवा क्रिकेटरलाई प्रशिक्षण गरेका थिए ।
प्रतिक्रिया