सगरमाथा डोजाङ टिम च्याम्पियन

sagarmathaकाठमाडौं, १ वैशाख । आयोजक सगरमाथा तेक्वान्दो डोजाङ ‘ए’ ले दोस्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । टिम च्याम्पियन सगरमाथाले ४ स्वर्ण, १ रजत र २ कास्य जित्यो ।

दोस्रो भएको दिलीप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले २ स्वर्ण र ३ रजत हात पार्‍यो । २ स्वर्ण, १ रजत र ४ कास्यसाथ सीतापाइला तेक्वान्दो डोजाङ तेस्रो भयो ।

सिनियरको पुरुषमा दिलीप स्मृतिका सागर रिन्चिन मगर तथा महिलामा विजेश्वरी ज्ञान मन्दिर स्कुलकी मनिला राई उत्कृष्ट खेलाडी चुनिए । जुनियरको पुरुषमा गणतान्त्रिक तेक्वान्दो डोजाङका किरण छुस्याकी तथा महिलामा सीतापाइलाकी सन्जिला तिमल्सिना उत्कृष्ट खेलाडी चुनिए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, प्रतियोगिता संयोजक
गिरेन्द्रबहादुर राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सगरमाथा र काठमाडौं जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा २ सय ५५ खेलाडीले १५ स्वर्णका लागि प्रतिस्पर्धा गरेको सगरमाथाका प्रमुख अर्जुनभक्त राईले जनाएका छन् ।

प्रतिक्रिया