चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी

_82269395_courtoisलन्डन, २८ चैत । इङ्गलिश प्रिमियर लिग फुटबलअन्तर्गत भएका खेलमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

क्युपिआरकै मैदानमा चेल्सीले क्विन्स पार्क रेञ्जर्स (क्युपिआर) लाई १–० ले पराजित गर्‍यो । चेल्सीका लागि सेस्क फाब्रिगासको गरेको गोल नै निर्णयक गोल बन्यो ।

आइतबार राति भएको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले चिरपरिचित प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो ।

ओल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाईटेडका लागि आस्ले योङ, मराउने फेलाइनी, हुँवा माटा र क्रिश स्मलिङले समान १–१ गोल गरे । म्यान्चेस्टर सिटीका लागि भने सर्जियो अगुएरोले २ गोल गरे ।

यसैगरी, इङ्गलिस प्रिमियर लिगको अंक तालिकामा चेल्सीको अग्रता फराकिलो भएको छ । ३१ खेलबाट चेल्सीको ७३ अंक भएको छ ।

एक खेल बढी खेलेको आर्सनल ६६ अंकको साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ६५ अंक छ । हारपछि ६१ अंकको साथ म्यानचेस्टर सिटी चौथो स्थानमा छ ।

प्रतिक्रिया