एकै घरका तीनभन्दा बढी बिरामी

jajarkot-district-hospitalजाजरकोट, ३० चैत । जाजरकोट जिल्लामा एकै घरमा तीनभन्दा बढी बिरामी पर्दा उपचार गर्न र घरको काममा समस्या परेको रोग प्रभावित क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् ।

चिकित्सकहरूका अनुसार पैंक गाउँको एउटै बस्तीमा १५० भन्दा बढी बिरामीको उपचार गर्नु परेको छ । बिरामीको सङ्ख्या बढ्दा उपचारमा समस्या परेको छ । त्यसैगरी, टालेगाउँ स्वास्थ्य चौकीमा दैनिक १२० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

एकै घरका तीन भन्दा बढी बिरामी भएका कारण उपचारमा ल्याउने आफन्तलाई समेत सास्ती भएको नायकवाडा उपस्वास्थ्य चौकीका स्वास्थ्यकर्मी गणेश खड्काले जानकारी दिए । अधिकांश बिरामीको चिकित्सककै निगरानीमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख धिरजङ्ग शाहले बताए ।

स्वच्छ खानेपानीको अभावमा उक्त रोग फैलिएको अनुमान गरिएको छ । बिरामीहरूमा झाडाबान्ता, रुघाखोकी, ज्वरो, पेट दुख्नेलगायत समस्या बढी देखिएको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया