काठमाडौं, २९ चैत । रुपक स्मृति पुरस्कारबाट नेपाली फुटबलमा योगदान दिएका दुई खेलाडी, दुई रेफ्री र एक प्रशिक्षक गरी पाँच जना पुरस्कृत भएका छन् ।
अखिल नेपाल फुटवल संघ (एन्फा)ले आइतबार सातदोबाटोमा गरेको कार्यक्रममा फुटवलसँग सम्बन्धित पाँच ब्यक्तित्वलाई एक लाख नगद र एक थान मोटरसाइृकलबाट सम्मानित गरिएको हो ।
पुरस्कारबाट नेपाली राष्ट्रिय फुटवल टोलीका स्ट्राइकर सन्तोष साहुखल, राष्ट्रिय महिला फुटवल टोलीकी सदस्य भगवती थापा सम्मानित भएका छन् ।
त्यस्तै लामो समय राष्ट्रिय तथा फिफा रेफ्री रहेका मधुसुदन खनाललाई पनि पुरस्कृत गरिएको छ ।
नेपाली राष्ट्रिय महिला फुटवल टोलीकी पूर्वकप्तान तथा महिला फुटवलमा पहिलो अन्तर्राष्ट्रिय गोलकर्ता पेमा डोल्मा शेर्पापनि रुपकस्मृति पुरस्कार २०७१ बाट सम्मानित भइन ।
उनी अहिले फिफा महिला रेफ्री प्रशिक्षकका रुपमा कार्यरत छिन । त्यस्तै नेपाली फुटवलका अहिलेसम्मका सफल प्रशिक्षक महेश्वर मुल्मीलाई यस वर्षको रुपक स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ ।
प्रतिक्रिया