छुरिम शेर्पालाई ब्याट र जर्सी प्रदान

Chhurim-Sherpaकाठमाडौं, २९ चैत । अष्ट्रेलियन क्रिकेट खेलाडी स्वर्गीय फिलिप ह्युजको श्रद्धाञ्जलिस्वरुप उनको ब्याट र जर्सी सगरमाथा लैजान आरोहरण टोलीलाई प्रदान गरिएको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा आरोहीका टोली नेता छुरिम शेर्पालाई दिइएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित कार्यक्रममा क्रिकेट अष्ट्रेलियाका अध्यक्ष वली एडवर्ड्सले ब्याट र जर्सी दिएका हुन् ।

विश्व कीर्तिमानधारी नेपाली महिला आरोही शेर्पाले ह्युजको ब्याट र जर्सी सगरमाथामा पुराउने छिन् ।

उनले मौसम अनुकुल भए ब्याट र जर्सी वैशाखको पहिलो साता सगरमाथा पुराउने बताएकी छिन् ।

प्रतिक्रिया