काठमाडौं, २८ चैत । गोल्फुटार र ब्रुकलिनले दोश्रो बीएमके खुला पुरुष बास्केटबल प्रतियोगतामा विजयी सुरुआत गरेका छन् ।
विशालनगरमा शनिबार भएको खेलमा गोल्फुटारले आयोजक विशाल मिलन केन्द्र (बीएमके) लाई ५६–५२ को साँघुरो अन्तरले पराजित गर्यो । विजेताका सोहन तामाङले २१ तथा बीएमकेका रविन राईले १७ अंक जोडे ।
अर्को खेलमा ब्रुकलिनले डिवाइएसीलाई ५४–४८ ले हरायो । ब्रुकलिनको जितमा प्रजुन पोखरेलले १५ अंक योगदान गरे ।
डिवाइएसीका विनेश न्यौपानेले २५ अंक जोडे पनि टिमलाई जित दिलाउन सकेनन् ।
प्रतियोगितामा ८ टिमको सहभागिता रहेको संयोजक प्रनिशजंग शाहले जनाएका छन् ।
विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई ५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । फाइनल शनिबार हुनेछ ।
प्रतिक्रिया