चेन्नाईसँग दिल्ली मात्र १ रनले पराजित

IPL-cricket

काठमाडौं, २७ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत बिहीबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सलाई १ रनको झिनो अन्तरले हराँउदै चेन्नाई सुपर किङ्सले विजयी सुरुवात गरेको छ ।

चेन्नाईमा भएको खेलमा जितका लागि अन्तिम बलमा छक्का चाहिएको अवस्थामा दिल्लीका एल्बी मोर्केलले चौका प्रहार गरेपछि चेन्नाई मात्र १ रनले विजयी भएको हो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाई २० ओभरमा ७ विकेट गुमाएर १५० रन जोड्न सफल भएको थियो । चेन्नाईका लागि ड्वेन स्मिथले ३४, फाफ डु प्लेसिसले ३२ तथा महेन्द्रसिंह धोनीले ३० रन जोडे । चेन्नाईको बलिङमा म्यान अफ दि म्याच चुनिएका आशिष नेहेराले दिल्लीका सुरुवाती ब्याट्सम्यानलाई धारासायी पार्दै ३ विकेट लिए ।

१५१ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन जोड्न सक्यो । दिल्लीका लागि उत्कृष्ट ब्याटिङ गरेका एल्बी मोर्केलले अविजित ७३ रन, केदार ज्यादवले २० रन र मयनक अग्रवाले १५ रन जोड्नुबाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । दिल्लीका भरपर्दा ब्याट्सम्यान कप्तान जेपी डुमिनी ५ र युवराज सिंह ९ रनमा आउट भएका थिए  ।

आईपीएलमा आज शुक्रबार किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्स भिड्दै छन् ।

प्रतिक्रिया