आइपिएलमा ‘केकेआर’को विजय सुरुवात

gautam-gambhir-v-mi-ipl-2015मुम्बई, २६ चैत । साविक विजेता कोलकाता नाईट राइडर्स (केकेआर)ले इन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा विजयी सुरुवात गरेको छ ।

बुधबार राति भएको उद्घाटन खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६८ रन प्रस्तुत गरेको थियो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ९८ रन जोडे भने कोरी एन्डर्सनले अविजित ५५ रन जोडे ।

तर १ सय ६९ रनको लक्ष्य कोलकाताले १९ औं ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।

कोलकाताका लागि कप्तान गौतम गम्भिरले ५७ रन तथा मनीष पाण्डेले ४० रनको उत्कृष्ट पारी खेले ।

आइपीएल दोश्रो खेलमा चेन्नाई सुपर किङ्सले दिल्ली डेयरडेभिल्सको सामना गर्नेछ ।

प्रतिक्रिया