सेन्ट पेरिस जर्मेन फ्रान्स कपको फाइनलमा

_82197799_zlatan_epa.jpg2पेरिस, २६ चैत । फ्रान्स कपअन्तर्गत बलियो प्रतिद्वन्द्वी मार्सेलियललाई पराजित गर्दै सेन्ट पेरिस जर्मेन फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमीफाइनल भिडन्तमा पीएसजीले मासेलिएललाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

जर्मेनका लागि जाल्टन इब्राहिमोभिचले ह्याट्रिक गरे । सेन्ट पेरिस जर्मेन(पीएसजी) ले २१ औं मिनेटमा इब्राहिमोभिचको पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

यससँगै फ्रान्सेली लिग वानमा इब्राहिमोभिचले १०० गोल समेत पूरा गरे ।

मार्सेलियलका लागि खेलको २६ औं मिनेटमा हाम्युमाले बराबरी गोल फर्काए ।

पहिलो हाफ एक–एकको बराबरीमा सकियोको अवस्थामा खेलको ६० औं मिनेटमा लाभाजीले गोल गरे । पुनः दोश्रो हाफको ८१ र ९०औँ मिनेटमा गोल गरेका इब्राहिमोभिचले ह्याट्रिक पूरा गरे ।

प्रतिक्रिया