पुरुष भलिबलमा आर्मी र एपीएफ विजयी

volleyball imageकाठमाडौं, २५ चैत । राष्ट्रिय खुला पुरुष भलिबलमा दुई विभागीय टिम त्रिभुवान आर्मी र एपीएफ क्लबले विजयी सुरूवात गरेका छन् ।

काठमाडौंमा आज भएको खेलमा आर्मीले आयोजक नयाँ बजार सामाजिक युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

आर्मीले सहजै जित निकाल्ने क्रममा आयोजकलाई २५–९, २५–२२ र २५–८ ले पराजित गरेको थियो । दोश्रो खेलमा एपीएफ क्लबले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९,२५–१२ र २५–८ को सोझो सेटमा पराजित गरेको छ ।

यसैगरी, आयोजक कमिटी र कलाकारबीच भएको मैत्रीपूर्ण खेलमा आयोजले २–१ ले सफलता हात पारेको थियो । चार दिनसम्म चल्ने राष्ट्रिय खुला पुरुष लिबलमा प्रतियोगिताको उपाधि बिजेताले १ लाख १ हजार १ सय ११ पुरस्कार पाउनेछ ।

त्यस्तै उपविजेताले ६० हजार १ सय ११ पाउनेछ । तेस्रो र चौथो हुने टोलीले क्रमसः ३५ हजार १ सय ११ र ११ हजार १ सय ११ पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सेटर, ब्लकर, डिफेण्डर र क्विकरले समान तीन–तीन हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया