प्रेमीका लागि दीपिकाको जाग्राम

deepikaकाठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण र उनका प्रेमी अभिनेता रणवीर सिंहबीचको प्रेम सम्बन्ध फ्यानका लागि हटकेक बन्ने गरेको छ । उनीहरूको प्रेमलाई फ्यानले उदाहरणका रूपमा लिने गर्छन् । दीपिका र रणवीरको प्रेम कतिसम्म गहिरो छ भन्ने हालैको एक घटनाले पुष्टि गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको हिन्दुजा अस्पतालमा काँधको अपरेसन गर्न पुगेका रणवीरलाई उनले १ मिनेट पनि छोडिनन् । रातभर जाग्राम बसेरै दीपिकाले रणवीरको स्वास्थ्यको हेरविचार गरिन् ।

शनिबार अस्पतालमा भर्ना भएका रणवीरको ख्याल गर्न दीपिका बेलुकी ९ बजे अस्पताल पुगेकी थिइन् । रणवीरका साथ उनी नदेखिए पनि उनको स्वास्थ्य अवस्थाबारे अपडेट रहन रातभर अस्पतालमै बसेकी थिइन् । मिडियाको अगाडि नपरे पनि दीपिका रणवीरको डिस्चार्ज हुने समयसम्म अस्पतालमै बसिन् । रणवीर आइतबार अस्पतालबाट डिस्चार्ज भएका थिए ।

रणवीरलाई फिल्म ‘बाजीराव मस्तानी’को सुटिङ समयमा काँधमा चोट लागेको थियो । रणवीरले काँधको अपरेसनको तस्बिर ट्विटरमा पनि ट्विट गरेका थिए, जुन तस्बिर हिट भएको थियो ।

प्रतिक्रिया