‘हरेक शब्द’सम्म युवराज

Youbaraj-chaulagain

काठमाडौं । व्यावसायिक रूपमा सफल चलचित्र ‘नोभेम्बर रेन’को ‘तिमीलाई के भनूँ’ गीतबाट पाश्र्व गायनमा चर्चित बनेका गायक युवराज चौलागाईंले ‘हरेक शब्द’ बोलको गीत तयार पारेका छन् । एल्बम ‘शब्द’मा समेटिएको यस गीतमा दीपिका रिमाल थापाको शब्द छ ।

भूषण दाहालले निर्देशन गरेको यस गीतको म्युजिक भिडियोमा मेनुका प्रधानले फिचरिङ गरेकी छन् । भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी, भरत रेग्मीको सम्पादन र धीरजजंग शाहको सिनेमाटोग्राफी छ ।

एक दशकदेखि संगीतमा सक्रिय पाश्र्व गायक चौलागाईंका पछिल्लो समय ‘तिमीलाई के भनूँ’, ‘डोला डोला’, ‘लैजा चरी’, ’साँझ पख’, ’घिटी–घिटी’लगायतका गीत चर्चित छन् । उनले आर्यन सिग्देल इन्टरटेनमेन्ट र सुवास इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘क्लासिक’मा पनि स्वर दिँदै छन् ।

प्रतिक्रिया