क्रिस्चियनको ह्याट्रिकले पनि थामिएन एस्टनको संकट

villa

काठमाडौं, २५ चैत । इङ्लिस प्रियिमर लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार रात भएको खेलमा एस्टन भिल्ला र क्विन्स पार्क रेन्जर्स (क्युपीआर) ले ३–३  गोलको बराबरीमा खेलेका छन् ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा क्रिस्चियन बेन्टेकेले १०औं, ३३औं र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । क्युपीआरका तर्फबाट भने म्याथ्यु फिलिप्सले ७औं, क्लिन्ट हिलले ५५औं र चार्ली अस्टिनले ७८औं मिनेटमा गोल गरे ।

क्युपीआर र एस्टन भिल्ला दुवै रेलिगेसननजिक रहेका टिम हुन् । बराबरीले एस्टन भिल्लालाई भन्दा क्युपीआरलाई फाइदा पुगेको छ । अंक–तालिकामा ३० खेलबाट ७० अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।

प्रतिक्रिया