बन्दको असर नेपाली खेलकुदमा पनि

Nepal-Bandasकाठमाडौं, २४ चैत । ३० दलीय मोर्चाले गरेको आम हड्तालको प्रभाव सर्वसाधरणसँगै नेपाली खेलकुदमा पनि परेको छ ।

आज हुने भनिएको लिग फुटबललगायत बिभिन्न खेलकुदका प्रतियोगीताहरू स्थगित भएका छन् ।

तीन हप्तापछि सुरू भएको लिग पनि बन्दका कारण अनिश्चित भएको छ ।

आजदेखिको आमहड्तालका कारण जारी राष्ट्रिय लिगलाई ठूलो धक्का लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज विज्ञप्ति जारी गरी आज हुने भनिएको नेपाल पुलिस र सशस्त्र प्रहरीबीचको खेल अर्को सूचना नआएसम्म स्थगित गरिएको जनाएको छ ।

प्रतिक्रिया