मलेशियामा ‘रक्तभोग’को विशेष प्रदर्शन

Rakta Bhog Nepali Movi Malesiyaक्वालालम्पुर । बोक्सी प्रथाविरुद्धको चलचित्र ‘रक्तभोग’ले ९ लाख नेपाली रहेको मलेशियाबाट विदेश यात्रा सुरू गरेको छ ।

नेपालका विभिन्न ठाँउमा प्रदर्शन भएको रक्तभोग प्रदर्शन गरेको छ । चलचित्र ‘रक्तभोग’को मलेशियामा पहिलो सो सोमबार भएको छ ।

क्वालालाम्पुरमा रहेको द खुुकुरी रेष्टुरेन्टमा भएको पहिलो शोमा मलेशियामा रहेका नेपाली ब्यवसायी तथा विभिन्न नेपाली संगठन र सस्थाका प्रमुखहरु सहभागी थिए ।

चितवनको माडीमा २ वर्ष अगाडि बोक्सीको आरोप लगाएर आफ्नै आफन्तद्वारा निर्मम तरिकाले कुटपिट गरी जिउँदै जलाएर हत्या गरिएकी महिला ढेगनीदेवी महतोको सत्य घटनामा आधारित भएर निर्माण गरिएको चलचित्र ‘रक्तभोग’ हेर्न विभिन्न देशमा रहेका नेपालीहरुबाट माग भएकोले मलेशियाबाट विदेशमा प्रदर्शन गरिएको रक्तभोग टिमले जनाएको छ ।

चलचित्र हेर्न गैरआवासिय नेपाली सघ एनआरएन मलेशिया, नेपाल मलेशिया बैदेशिक रोजगार समन्वय संघ, नेपाल जनसम्पर्क समिति मलेशिया, नेपाल जनप्रगतिशील मञ्चलगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु र मलेशियामा आएर व्यापार व्यवसायमा सम्लग्न रहेका अगुवा तथा पत्रकारहरु द खुकुरी रेष्टुरेन्टमा भेला भएका थिए ।

प्रतिक्रिया