राहत पठाउदै राम चरण

ramcharanकाठमाडौं । दक्षिण भारतीय फिल्मका स्टार राम चरणले नेपालका महाभूकम्पपीडितका लागि सहयोगीसहित राहतका सामान पठाउने भएका छन् । समाचारअनुसार राम र उनका पिता चिरञ्जीवीको नाममा स्थापित चिरञ्जीवी च्यारिटेबल ट्रस्टमार्फत भूकम्पपीडितका लागि सहयोग गर्न सहयोगीसहित राहत पठाउन लागेका हुन् ।
‘हालै काठमाडौंमा भएको प्राकृतिक विपत्तिबाट हामी सबै जानकार छौँ, यो विपत्तिबाट प्रभावित भएका सम्पूर्ण परिवारजनप्रति हामी प्रार्थना गर्छौं,’ राम चरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ हैदराबादबाट अपोलो अस्पतालमार्फत धेरै संख्यामा ओआरएस सचेट्स, ग्लुकोज ब्याग, कफ सिरप नेपाल पठाउने तयारी भइरहेको छ ।’
उनले आफ्नो फेसबुक पेजमा पनि नेपालप्रति सहानुभुूति व्यक्त गरेका छन् । केही समयअघि भारतमा आएको हुदहुद आँधीपीडितका लागि राम चरणले सहयोग अभियान चलाएका थिए । भारतीय सञ्चारामध्यमका अनुसार दक्षिण भारतीय अभिनेतामा नेपालको महाभूकम्पप्रति चासो देखाउने उनी पहिलो अभिनेता हुन् ।
अमिताभको अपिल
यसैबीच बलिउड बिग बी अमिताभ बच्चनले महाभूकम्प प्रभावित व्यक्तिलाई हरसम्भव मद्दत गर्न अपिल गरेका छन् । उनले आफ्नो अपिल कुनै जबरजस्ती नभएको भन्दै मानवीय नाताले सबै मानिसले सहयोग गर्नेमा आफू ढुक्क रहेको जनाएका छन् ।
उनले चाँडै नै नेपाल शान्त र व्यवस्थित बनाउन नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सहयोग गर्नुपर्ने ट्विट गरेका छन् । (एजेन्सी)

प्रतिक्रिया