काठमाडौं । गत शनिबार गएको महाभूकम्पले नेपाली पाश्र्वगायन र आधुनिक सुगम संगीतका भर्सटायल गायक राजेशपायल राईले सञ्चालन गरेको ‘दर्शन नमस्ते रेस्टुरेन्ट’ पूर्णरूपले क्षतिग्रस्त भएको छ । राजेशले दुई वर्षअघि किनेको कमलपोखरीस्थित कृष्ण पाउरोटी लाइनमा रहेको पुरानो शैलीको भवनमा रहेको रेस्टुरेन्ट भूकम्पको चपेटामा परेको हो ।
रेस्टुरेन्टको केही महिनाअघि अभिनेत्री केकी अधिकारीले शुभारम्भ गरेकी थिइन् । राजेशका अनुसार भूकम्पबाट होटलमा काम गर्ने वेटर सुमन तामाङका बाबुको ज्यान गएको छ । ‘यो मानवीय क्षतिसँगै होटलमा राखिएको एक एभेन्जर बाइक पुरिएको छ र करिब ६० लाख बराबरको मदिरा तथा फर्निचर पनि ध्वस्त भएको छ,’ गायक राईले भने । राजेशका अनुसार ती वेटरका पिता भूकम्प गएकै दिन छोरालाई भेट्न काठमाडौं आएका थिए ।
भूकम्प जाँदा राई सांगीतिक कार्यक्रमका लागि धरानमा थिए । रेस्टुरेन्टमा पुरिएको बाइक उनको संगीतकार तथा गायक भाइ राई नवीन को हो । राईकै रेस्टुरेन्टसँगै टाँसिएको एक पुरानो घर पनि पूर्ण रूपमा ध्वस्त हुँदा ८२ वर्षीया वृद्धाले ज्यान गुमाएकी थिइन् । (सौस)
प्रतिक्रिया