जाजरकोट, १६ वैशाख । जाजरकोट जिल्लामा चैतको तेस्रो सातादेखि महामारीकै रुपमा फैलिएको ज्वरोसहितको रुघाखोकी (मौसमी फ्लु) को प्रभाव पूर्ण नियन्त्रण नजिक देखिएको छ ।
रुघाखोकीको सङ्क्रमण फैलिएसँगै सरकारले यस जिल्लामा औषधि र विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली खटाएको थियो ।
पछिल्ला दिनमा बिरामीहरू शिविरमा आउनै छाडेका छन् । एक/दुईवटा शिविरमा मात्र स्वास्थ्य परीक्षण गर्न फाटफुट रुपमा बिरामी आउने गरेका छन् ।
समग्र जिल्लामा अबको अवस्थाको समीक्षा गरेर अब शिविरलाई निरन्तरता दिने वा के गर्ने भन्नेबारेमा आज र भोलिमा समीक्षा गरेर निक्र्याैलमा पुग्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए ।
‘रुघाखोकीको प्रकोप विस्तार भएसँगै प्रभावित १८ वटा गाविसमा ३० वटासम्म शिविर सञ्चालन गरिएकोमा अहिले घटाएर आठ वटामात्र सञ्चालन गरिएको छ’, उनले भने ।
स्वाइन फ्लुकै प्रकोपबाट २९ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया