“हाँस्न र हँसाउने कल्पना गर्न सक्दैनौं”

Durmus_suntaliकाठमाडौं । झन्डै दुई महिने सांगीतिक कार्यक्रमका लागि अमेरिकामा पुगेका हास्य टेलिशृंखला ‘मेरी बास्सै’ का चर्चित जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ त्यहााका कार्यक्रम स्थगित गरी नेपाल फर्किने भएका छन् । गत शनिबार यहाा भएको महाभूकम्पको समाचार सुनेपछि उनीहरूले त्यहााका दुई दर्जन राज्यमध्ये केही सकेर स्वदेश फर्कन लागेका हुन् ।
नेपाल सरकारबाट सरसफाइ दूतका रूपमा नियुक्त भएका उनीहरू अमेरिकामा सरसफाइको चेतनासागै प्रहसन गर्न वल्र्ड बिजिनेस मेनेजमेन्ट एन्ड कन्सल्टेन्ट (डब्लुबिएमसी) नेपाल र डब्लुबिएमसी अमेरिकाको निम्तोमा त्यहाा पुगेका थिए । ‘हाम्रो देश प्राकृतिक विपत्ले थिलथिलो भएको छ, देश रोइ रहेको छ । यो पीडा र दु:खको घडीमा हामी देश बाहिर बसेर हाास्न र हसाउने कुराको कल्पना पनि गर्न सक्दैनौा । यो समय हामीजस्ता युवा घाइते र पीडितहरूको घाउमा मल्हम लगाउन जुट्नुपर्ने समय हो,’ धुर्मुसले भने,‘ त्यसैले अमेरिकामा तय गरिएका सम्पूर्ण कार्यक्रमहरूलाई स्थगित गरि हामी देश फर्कंदै छौा । घाइते र पीडितको उद्धारका लागि सबै जुटौा ।’
अमेरिकामा रहेका पत्रकार विकास राज न्यौपानेका अनुसार उनीहरूले कार्यक्रमबीचमै छाडेर नेपाल फर्कंदा पर्न जाने असुविधाप्रति आयोजक र सहप्रायोजकप्रति क्षमा मागेका छन् । उनीहरूले आगामी वर्षहरूमा समयअनुकूल भएमा फेरि पनि अमेरिका आई अन्य राज्यमा कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको न्यौपानेले बताए ।
टोलीमा रहेका गायकद्वय प्रमोद खरेल, पशुपति शर्मा र गायिका संगीता थापा मगर पनि कमेडियन जोडीको भनाइमा एक्यबद्धता जनाउादै स्वदेश फर्कंदै छन् । यो टोली गत अप्रिल १ मा अमेरिका गएको थियो । उनीहरू मे अन्तिममा नेपाल फर्कने कार्यक्रम थियो । (सौस)

प्रतिक्रिया